जब एसपी मीरा चौधरी ‘स्तन ठूलो बनाउने’ औषधी किन्न आफैं पसल पुगेपछि…
काठमाडौं, १९ पुस । मुखमा मास्क लगाएकी छन् । गुनासो छ, ‘स्तन एकदमै सानो भयो । श्रीमानले पनि वास्ता गरेनन् ।’ पसलेले भन्यो, ‘के चिन्ता गर्नुहुन्छ ? यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता !’ उनले गुनासो गरिन्, ‘पहिला पनि यहीबाट यही औषधी लगेको । तर, काम भएन् ।’ पसले अड्किए, ‘नचाहिने कुरा गर्नुहुन्छ !’ त्यसपछि ‘स्तन सानो भएकी’ महिलाले इशारा गरिन् । झुरुप्प सादा पोशाकबाला मानिसहरु भेला भए । ‘उहाँलाई हाल्नुस्’ भन्दै आफू पनि गाडीको अघिल्लो सीटमा बसिन् ।
यी ‘स्तन सानो भएकी’ ग्राहक थिईन्, नेपाल प्रहरीमा कडा मिजासकी भनेर चिनिने एसपी मीरा चौधरी । खासमा उनलाई स्तन बढाउनु परेको थिएन्, तर उनको जस्तो स्तन भएका थुप्रै महिला स्तन ठूलो पार्ने चक्करमा दिनदिनै र दिनदहाडैं राजधानीभित्रै लुटिँदै थिए ।
‘लिंग उत्तेजित नभएर एकदमै हैरान भयो । यौनसम्पर्क गर्दा बल्ल-बल्ल लिंग सोझिन्छ, तर तुरुन्तै फेरि लत्रक्क परेर खत्तम ! मलाई दवाई दिनुर्यो साहुजी !’ यस्तो सुनेपछि ‘एक गिलास दूधमा हालेर दिनमा दुईपटक खाने’ भन्र्दै बसुन्धाराका पसलेले एउटा औषधि दिए ।
‘लिंग उत्तेजित भएन्’ भन्ने ग्राहकले औषधिमात्र हातमा लिएनन्, पसलेलाई ‘यता आउनुस् त’ भनेर बोलाए । किन रहेछ भन्दै ‘ग्राहक’ को छेउमा पुगेका मात्र के थिए, च्याप्प समातेर गाडीमा हाले । अनि परिचय दिए, ‘म डिएसपी कवित कटसवाल हुँ ।’
यसरी एक हप्ताअगाडि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरीहरु १० वटा टोली बनाएर आफैं-आफैं यौनको बिरामी बन्दै राजधानीका विभिन्न भागमा छरिए । कसैको यौन सम्पर्क शुरु नहुँदै वीर्य स्खलन हुने, कसैको यौन उत्तेजना साम्य नभएर समस्या परेको, कोहीकी श्रीमती उत्तेजित भईनन् भन्ने गुनासो ।
यस्तो गुनासो लिएर १० वटा ‘बिरामी टोली’ ले १३ ठाउँबाट १५ जनालाई पक्राउ गरी महाराजगञ्जस्थित प्रहरी बृतको हिरासतमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












