जब एसपी मीरा चौधरी ‘स्तन ठूलो बनाउने’ औषधी किन्न आफैं पसल पुगेपछि…
काठमाडौं, १९ पुस । मुखमा मास्क लगाएकी छन् । गुनासो छ, ‘स्तन एकदमै सानो भयो । श्रीमानले पनि वास्ता गरेनन् ।’ पसलेले भन्यो, ‘के चिन्ता गर्नुहुन्छ ? यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता !’ उनले गुनासो गरिन्, ‘पहिला पनि यहीबाट यही औषधी लगेको । तर, काम भएन् ।’ पसले अड्किए, ‘नचाहिने कुरा गर्नुहुन्छ !’ त्यसपछि ‘स्तन सानो भएकी’ महिलाले इशारा गरिन् । झुरुप्प सादा पोशाकबाला मानिसहरु भेला भए । ‘उहाँलाई हाल्नुस्’ भन्दै आफू पनि गाडीको अघिल्लो सीटमा बसिन् ।
यी ‘स्तन सानो भएकी’ ग्राहक थिईन्, नेपाल प्रहरीमा कडा मिजासकी भनेर चिनिने एसपी मीरा चौधरी । खासमा उनलाई स्तन बढाउनु परेको थिएन्, तर उनको जस्तो स्तन भएका थुप्रै महिला स्तन ठूलो पार्ने चक्करमा दिनदिनै र दिनदहाडैं राजधानीभित्रै लुटिँदै थिए ।
‘लिंग उत्तेजित नभएर एकदमै हैरान भयो । यौनसम्पर्क गर्दा बल्ल-बल्ल लिंग सोझिन्छ, तर तुरुन्तै फेरि लत्रक्क परेर खत्तम ! मलाई दवाई दिनुर्यो साहुजी !’ यस्तो सुनेपछि ‘एक गिलास दूधमा हालेर दिनमा दुईपटक खाने’ भन्र्दै बसुन्धाराका पसलेले एउटा औषधि दिए ।
‘लिंग उत्तेजित भएन्’ भन्ने ग्राहकले औषधिमात्र हातमा लिएनन्, पसलेलाई ‘यता आउनुस् त’ भनेर बोलाए । किन रहेछ भन्दै ‘ग्राहक’ को छेउमा पुगेका मात्र के थिए, च्याप्प समातेर गाडीमा हाले । अनि परिचय दिए, ‘म डिएसपी कवित कटसवाल हुँ ।’
यसरी एक हप्ताअगाडि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरीहरु १० वटा टोली बनाएर आफैं-आफैं यौनको बिरामी बन्दै राजधानीका विभिन्न भागमा छरिए । कसैको यौन सम्पर्क शुरु नहुँदै वीर्य स्खलन हुने, कसैको यौन उत्तेजना साम्य नभएर समस्या परेको, कोहीकी श्रीमती उत्तेजित भईनन् भन्ने गुनासो ।
यस्तो गुनासो लिएर १० वटा ‘बिरामी टोली’ ले १३ ठाउँबाट १५ जनालाई पक्राउ गरी महाराजगञ्जस्थित प्रहरी बृतको हिरासतमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












