चुनाव हार्नुको दोष कांग्रेसमाथि लगाउँदै राप्रपाले गर्यो यस्तो निर्णय
काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा पराजित हुनुमा कांग्रेसलाई दोषी ठहर्याएको छ । चुनावी समिक्षा गर्न गत पुष १९ देखि २१ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपा पराजित हुनुमा कांग्रेस दोषी रहेको ठहर गरेको हो ।
उसले चुनावमा कांग्रेससँग गठबन्धन बनाउनुनै पराजयको कारण भएको निश्कर्ष निकालेको छ । बैठकले पार्टी हार्नुमा आठ कारण रहेको निश्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेससँग गरेको गठबन्धन नाममात्रै भएको बताए ।
उनले भने, ‘त्यो गठबन्धन नामको मात्र भयो, कामको भएन ।’ त्यस्तै राप्रपाले समानुपातिकमा मत नआउनुमा देशभर आफ्ना उम्मेदवार नभएको ठहर गरेको छ । संविधान संशोधनमा आफैं अस्थिर, चुनावका मुखमा पार्टी विभाजन लगायतका कारण पार्टीले हार व्यहोरेको निश्कर्ष पनि राप्रपाले निकालेको छ ।
चुनावमा राप्रपाको अप्रत्याशित परिणामको कारण र आधारका वारेमा विस्तृत अध्ययन अनुसन्धान गरि भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न बैठकले डा. बिष्णु भण्डारीको संयोजकत्वमा एक निर्वाचन समिक्षा तथा अध्ययन समिति गठन गरेको छ ।
समितिमा केन्द्रिय सदस्यहरु गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धन बहादुर बुढा, प्रकाश रिमाल, बिजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहेका छन् । बैठकले फागनु अन्तिम साता केन्द्रीय परिषद बैठक वीरगञ्जनमा गर्ने, माघमा जिल्ला भेला गर्ने र फागुन पहिलो साता विद्यार्थीको भेला गर्ने निर्णय गरेको छ ।
यस्ता छन् राप्रपा हारका कारण:
१. बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु,
२. लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु
३. राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्युन स्थानमा मात्र उमेदरवारी दिनु र अधिकांश क्षेत्रहरुमा राप्रपाको प्रत्यक्ष तर्फ उमेदवार नहुनु,
४.संबिधान संशोधनबारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु,
५. सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु,
६. साधन श्रोतको अभाव रहनु
७. कमजोर संगठनको कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु
८. सिद्धान्त प्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नु
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












