चुनाव हार्नुको दोष कांग्रेसमाथि लगाउँदै राप्रपाले गर्यो यस्तो निर्णय
काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा पराजित हुनुमा कांग्रेसलाई दोषी ठहर्याएको छ । चुनावी समिक्षा गर्न गत पुष १९ देखि २१ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपा पराजित हुनुमा कांग्रेस दोषी रहेको ठहर गरेको हो ।
उसले चुनावमा कांग्रेससँग गठबन्धन बनाउनुनै पराजयको कारण भएको निश्कर्ष निकालेको छ । बैठकले पार्टी हार्नुमा आठ कारण रहेको निश्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेससँग गरेको गठबन्धन नाममात्रै भएको बताए ।
उनले भने, ‘त्यो गठबन्धन नामको मात्र भयो, कामको भएन ।’ त्यस्तै राप्रपाले समानुपातिकमा मत नआउनुमा देशभर आफ्ना उम्मेदवार नभएको ठहर गरेको छ । संविधान संशोधनमा आफैं अस्थिर, चुनावका मुखमा पार्टी विभाजन लगायतका कारण पार्टीले हार व्यहोरेको निश्कर्ष पनि राप्रपाले निकालेको छ ।
चुनावमा राप्रपाको अप्रत्याशित परिणामको कारण र आधारका वारेमा विस्तृत अध्ययन अनुसन्धान गरि भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न बैठकले डा. बिष्णु भण्डारीको संयोजकत्वमा एक निर्वाचन समिक्षा तथा अध्ययन समिति गठन गरेको छ ।
समितिमा केन्द्रिय सदस्यहरु गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धन बहादुर बुढा, प्रकाश रिमाल, बिजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहेका छन् । बैठकले फागनु अन्तिम साता केन्द्रीय परिषद बैठक वीरगञ्जनमा गर्ने, माघमा जिल्ला भेला गर्ने र फागुन पहिलो साता विद्यार्थीको भेला गर्ने निर्णय गरेको छ ।
यस्ता छन् राप्रपा हारका कारण:
१. बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु,
२. लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु
३. राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्युन स्थानमा मात्र उमेदरवारी दिनु र अधिकांश क्षेत्रहरुमा राप्रपाको प्रत्यक्ष तर्फ उमेदवार नहुनु,
४.संबिधान संशोधनबारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु,
५. सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु,
६. साधन श्रोतको अभाव रहनु
७. कमजोर संगठनको कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु
८. सिद्धान्त प्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नु
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











