शीतलहरबाट राजविराजमा छ जनाको मृत्यु (नामसहित)
सप्तरी । शीतलहरका कारण राजविराजमा छ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महदेवा गाउँपालिका–२ अकबरपुरका ५८ वर्षिय सुकदेव यादव, राजविराज नगरपालिका– १० झल्हीकी ६५ वर्षीय कैलीदेवी खंग रहेका छन् । त्यस्तै राजविराज नगरपालिका–२ की ६० वर्षीय नाजो बेगम, छिन्नमस्ता–१ वीरपुरका ३६ वर्षीय कुलदिप राय र ३५ वर्षीय रामदयाल रामको पनि मृत्यु भएको स्थानीयले वताएका छन् । एक साता अघि वीरपुरकी ७२ वर्षीय रजियादेवी रायको पनि मृत्यु भएको थियो ।
विहानको समयमा बजारमा मान्छेको चहल–पहल घटेको छ । जाडोबाट जोगिन राजविराज नगरपालिकाको ठाउँ(ठाउँमा दाउरा बाल्ने कार्य थालिएको उप–मेयर साधना झाले जानकारी दिएकी छन् । यता सरकारी कार्यालयहरू खुले पनि बढ्दो चिसोले गर्दा सेवाग्राहीहरूको चाप घटेको छ ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरूमा तीन दिनकालागि विदा दिइएको छ । जिल्लाका चार सय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । जिशिअ पाण्डेले मौसम सुधार भएको खण्डमा आइतबारबाट जिल्लाका सामुदायिक विद्यालय खुल्ने जानकारी दिए ।
त्यस्तै दुईसाता अघि सप्तरीको राजबिराजबाट काठमाडौं फर्किएका राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले शीतलहरबाट मृत्यु भएको खबरले दुःखी बनाएको बताएका छन् । सप्तरी एउटा महाकाव्य रहेछ, जतिपाना पल्टाए पनि त्यसका अनेकौं सौन्दर्यगाथा छन् उनले भने,‘तर आज एकाबिहानै भतिज सन्जिवले दुःखद् हृदयबिदारक समाचार सुनाए।’ शीतलहरले मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली दिंदै विश्लेषक पिटरले यसले हाम्रो अवस्था, व्यवस्थाको चित्र र चरित्र छर्लङ्ग पारेको जानकारी दिए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












