यी हुन्, मानहानी मुद्दामा सर्वोच्चको कठघेरामा पुगेका पूर्वप्रधानमन्त्रीहरु
काठमाडौं, २५ पुस । अदालतले गरेको फैसलाका विषयमा कसैले पनि टिकाटिप्पणी गर्न पाउँदैन् । अदालतले गरेको फैसला नै अन्तिम हुन्छ । उसले गरेको फैसलाका विषयमा आलोचना गरेमा त्यसलाई अदालतको मानहानी ठहरिन्छ । त्यसको अभियोगमा अदालतले मानहानी मुद्दा लगाउन सक्छ ।
यसको अधिकार सर्वोच्च अदालतलाई छ । कुनै पनि टिकाटिप्पणी गर्न पाईदैंन् भन्नेका अर्थ यो हो की अदालतको मान, प्रतिष्ठा, सम्मानमा आँच आउने खालको अभिव्यक्ति, क्रियाकलाप गर्न पाईदैंन् । अदालतको मानहानी गरेको अभियोगमा यतिबेला अनसनरत डा. गोविन्द केसी पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालतमा उपस्थित गराईएको छ । केसीले अवहेलना गरेको ठहर भएमा उनलाई नेपालको कानुन अनुसार एक वर्षसम्म जेल सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।
अवहेलना कारवाहीका लागि सर्वोच्च अदालतले न्याय प्रशासनसम्बन्धी ऐन २०७३ को दफा १७ को उपदफा १ मा आफ्नो र आफू मातहतका अदालतको न्यायसम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ ।
यसअघि नेपालका चारजना प्रधानमन्त्रीलाई अदालतको मानहानी गरेको मुद्दा लागेको थियो । जसमा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र शेरबहादुर देउवा छन् । गिरिजा प्रसाद कोइराला, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्डलाई उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो । अदालतको सम्मान गर्दै उनीहरू आफैं उपस्थितसमेत भएका थिए ।
बहालवाला प्रधानमन्त्री देउवाः
बहालवाला प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भन्ने विषयमा अदालतमा परेको मानहानी मुद्दा अझै विचाराधीन छ । उनले नेपाल प्रहरी प्रमुख (आईजीपी) नियुक्तिबारे एक पत्रकार सम्मेलनमा कार्यकारीले गरेको निर्णय उल्ट्याउने अधिकार अदालतसँग नभएको भन्दै सर्वोच्चको आलोचना गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाः
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लाउडा विमान खरिद प्रकरणमा अदालतको अवहेलना मुद्दा खेपेका थिए । उनले सर्वोच्चमा उपस्थित हुँदै अदालतलाई नारायणहिटी दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित भएका थिए ।
प्रचण्ड र बाबुराम भट्टराईः
नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालविरुद्ध पनि अवहेलनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई हत्याको आरोपमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको आदेश नमानेको भन्दै मानहानि मुद्दा दायर भएको थियो । अहिलेसम्म पनि सो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
पाँच वर्षमा कोही पनि दोषी देखिएन्ः
सर्वोच्चले पछिल्ला पाँच वर्षयता अवहेलना मुद्दामा कसैलाई पनि दोषी ठहर गरेको नजिर देखिँदैन । केही वर्षअघि न्यायाधीशले घुस लिएको बारे हिमाल मिडियाले समाचार लेखेको आरोपमा र न्यायाधीशलाई गाली गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई अदालतले दोषी ठहर गर्दै सजाय समेत सुनाएको थियो । दुवै प्रकरणमा अदालतको अवहेलना गर्ने कुनै मनसाय नरहेको भनाइ आएपछि सफाइ दिइएको थियो ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












