यी हुन्, मानहानी मुद्दामा सर्वोच्चको कठघेरामा पुगेका पूर्वप्रधानमन्त्रीहरु
काठमाडौं, २५ पुस । अदालतले गरेको फैसलाका विषयमा कसैले पनि टिकाटिप्पणी गर्न पाउँदैन् । अदालतले गरेको फैसला नै अन्तिम हुन्छ । उसले गरेको फैसलाका विषयमा आलोचना गरेमा त्यसलाई अदालतको मानहानी ठहरिन्छ । त्यसको अभियोगमा अदालतले मानहानी मुद्दा लगाउन सक्छ ।
यसको अधिकार सर्वोच्च अदालतलाई छ । कुनै पनि टिकाटिप्पणी गर्न पाईदैंन् भन्नेका अर्थ यो हो की अदालतको मान, प्रतिष्ठा, सम्मानमा आँच आउने खालको अभिव्यक्ति, क्रियाकलाप गर्न पाईदैंन् । अदालतको मानहानी गरेको अभियोगमा यतिबेला अनसनरत डा. गोविन्द केसी पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालतमा उपस्थित गराईएको छ । केसीले अवहेलना गरेको ठहर भएमा उनलाई नेपालको कानुन अनुसार एक वर्षसम्म जेल सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।
अवहेलना कारवाहीका लागि सर्वोच्च अदालतले न्याय प्रशासनसम्बन्धी ऐन २०७३ को दफा १७ को उपदफा १ मा आफ्नो र आफू मातहतका अदालतको न्यायसम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ ।
यसअघि नेपालका चारजना प्रधानमन्त्रीलाई अदालतको मानहानी गरेको मुद्दा लागेको थियो । जसमा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र शेरबहादुर देउवा छन् । गिरिजा प्रसाद कोइराला, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्डलाई उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो । अदालतको सम्मान गर्दै उनीहरू आफैं उपस्थितसमेत भएका थिए ।
बहालवाला प्रधानमन्त्री देउवाः
बहालवाला प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भन्ने विषयमा अदालतमा परेको मानहानी मुद्दा अझै विचाराधीन छ । उनले नेपाल प्रहरी प्रमुख (आईजीपी) नियुक्तिबारे एक पत्रकार सम्मेलनमा कार्यकारीले गरेको निर्णय उल्ट्याउने अधिकार अदालतसँग नभएको भन्दै सर्वोच्चको आलोचना गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाः
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लाउडा विमान खरिद प्रकरणमा अदालतको अवहेलना मुद्दा खेपेका थिए । उनले सर्वोच्चमा उपस्थित हुँदै अदालतलाई नारायणहिटी दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित भएका थिए ।
प्रचण्ड र बाबुराम भट्टराईः
नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालविरुद्ध पनि अवहेलनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई हत्याको आरोपमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको आदेश नमानेको भन्दै मानहानि मुद्दा दायर भएको थियो । अहिलेसम्म पनि सो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
पाँच वर्षमा कोही पनि दोषी देखिएन्ः
सर्वोच्चले पछिल्ला पाँच वर्षयता अवहेलना मुद्दामा कसैलाई पनि दोषी ठहर गरेको नजिर देखिँदैन । केही वर्षअघि न्यायाधीशले घुस लिएको बारे हिमाल मिडियाले समाचार लेखेको आरोपमा र न्यायाधीशलाई गाली गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई अदालतले दोषी ठहर गर्दै सजाय समेत सुनाएको थियो । दुवै प्रकरणमा अदालतको अवहेलना गर्ने कुनै मनसाय नरहेको भनाइ आएपछि सफाइ दिइएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












