बच्चा जन्माएपछि यौन जीवन यसरी सुखमय बनाउनुहोस्
एजेन्सी, २६ पुस । हरेक दम्पतीको चाहना भने सन्तान प्राप्ति हुन्छ । आफ्नो दाम्पत्य जीवन सुखी राख्न उनीहरुले बच्चालाई जन्म दिएका हुन्छन् । सफल दाम्पत्य जीवन तथा मायाको प्रमाण पनि हो सन्तान प्राप्ति । बच्चा जन्माईसकेपछि हरेक महिलाहरु आफ्नो बच्चाप्रति बढी केन्द्रीत हुन्छिन् ।
श्रीमानभन्दा बच्चालाई बढी माया गर्दा दाम्पत्य जीवनमा केही असर परिररहेका हुन्छ । यसलाई बच्चा पाउँनुभन्दा पहिलेकै अवस्थामा फर्काउन यस्ता उपायहरु अपनाउनुहोस् । हेरौ केही टिप्सहरुः
१.सेक्सको महत्व बुझ्नुस्ः
श्रीमान् र श्रीमतीमध्ये कसैले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्ने गल्ती गर्नु हुँदैन । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न तथा श्रीमती श्रीमानबीचको आत्मीयतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।
२. मासिक चक्रलाई पर्खिनुस्ः
बच्चालाई जन्म दिएको केही महिनापछि महिनावारी पुनः सुचारु हुन थाल्छ । सँगसँगै सेक्समा सरिक हुने महिलाको चाहना पनि बढ्दै जान थाल्छ । महिलामा आएको यस्तो परिवर्तनलाई राम्रोसँग बुझ्नुस् र यौन जीवनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गर्नुस् ।
३. आत्मीयता अझ बढ्यो भन्ने बुझ्नुस्ः
बच्चा जन्माउने बेलामा महिलाले श्रीमानको महत्त्व अझ गहिरोसँग बुझ्छन् भने श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।
४. सचेत रहनुस्ः
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छ देखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ ।
५. कोठालाई रोमान्टिक बनाउनुस्ः
सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हर्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ ।
६. संवाद गर्नुस्ः
सन्तानोत्पत्तिपछि श्रीमान्–श्रीमतीबीच संवाद बढ्नुपर्छ । यौनसम्बन्धी विषयमा यस्तो संवाद झन् बढाउनुपर्छ । आमा बनेपछि सेक्ससम्बन्धी रुचिमा आएको परिवर्तन, सजिलो अथवा अप्ठेरो आसन आदिबारे खुलस्त संवाद भयो भने एकअर्काको रुचि बुझेर सेक्स लाइफलाई उत्साहमय बनाउन सकिन्छ ।
७. मन प्रसन्न हुने काम गर्नुस्ः
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पुर्याउँछ । यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचिको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ ।
८. रुचि देखाउनुस्ः
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुन सक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।
९. ‘फोरप्ले’मा सरिक हुनुस्ः
सुत्केरी हुने सँघारमा अथवा सुत्केरी भइसकेको केही सातापछि श्रीमतीको चाहना बुझेर फोरप्लेमा सरिक हुन सकिन्छ । सुत्केरी भएको केही महिनापछि मात्रै यौनसम्पर्क राख्नुपर्ने सल्लाह डाक्टरहरूले दिने गर्छन् । तर, यसबीचमा आपसी समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक निकटतालाई कायम राख्न सकिन्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












