बच्चा जन्माएपछि यौन जीवन यसरी सुखमय बनाउनुहोस्
एजेन्सी, २६ पुस । हरेक दम्पतीको चाहना भने सन्तान प्राप्ति हुन्छ । आफ्नो दाम्पत्य जीवन सुखी राख्न उनीहरुले बच्चालाई जन्म दिएका हुन्छन् । सफल दाम्पत्य जीवन तथा मायाको प्रमाण पनि हो सन्तान प्राप्ति । बच्चा जन्माईसकेपछि हरेक महिलाहरु आफ्नो बच्चाप्रति बढी केन्द्रीत हुन्छिन् ।
श्रीमानभन्दा बच्चालाई बढी माया गर्दा दाम्पत्य जीवनमा केही असर परिररहेका हुन्छ । यसलाई बच्चा पाउँनुभन्दा पहिलेकै अवस्थामा फर्काउन यस्ता उपायहरु अपनाउनुहोस् । हेरौ केही टिप्सहरुः
१.सेक्सको महत्व बुझ्नुस्ः
श्रीमान् र श्रीमतीमध्ये कसैले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्ने गल्ती गर्नु हुँदैन । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न तथा श्रीमती श्रीमानबीचको आत्मीयतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।
२. मासिक चक्रलाई पर्खिनुस्ः
बच्चालाई जन्म दिएको केही महिनापछि महिनावारी पुनः सुचारु हुन थाल्छ । सँगसँगै सेक्समा सरिक हुने महिलाको चाहना पनि बढ्दै जान थाल्छ । महिलामा आएको यस्तो परिवर्तनलाई राम्रोसँग बुझ्नुस् र यौन जीवनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गर्नुस् ।
३. आत्मीयता अझ बढ्यो भन्ने बुझ्नुस्ः
बच्चा जन्माउने बेलामा महिलाले श्रीमानको महत्त्व अझ गहिरोसँग बुझ्छन् भने श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।
४. सचेत रहनुस्ः
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छ देखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ ।
५. कोठालाई रोमान्टिक बनाउनुस्ः
सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हर्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ ।
६. संवाद गर्नुस्ः
सन्तानोत्पत्तिपछि श्रीमान्–श्रीमतीबीच संवाद बढ्नुपर्छ । यौनसम्बन्धी विषयमा यस्तो संवाद झन् बढाउनुपर्छ । आमा बनेपछि सेक्ससम्बन्धी रुचिमा आएको परिवर्तन, सजिलो अथवा अप्ठेरो आसन आदिबारे खुलस्त संवाद भयो भने एकअर्काको रुचि बुझेर सेक्स लाइफलाई उत्साहमय बनाउन सकिन्छ ।
७. मन प्रसन्न हुने काम गर्नुस्ः
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पुर्याउँछ । यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचिको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ ।
८. रुचि देखाउनुस्ः
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुन सक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।
९. ‘फोरप्ले’मा सरिक हुनुस्ः
सुत्केरी हुने सँघारमा अथवा सुत्केरी भइसकेको केही सातापछि श्रीमतीको चाहना बुझेर फोरप्लेमा सरिक हुन सकिन्छ । सुत्केरी भएको केही महिनापछि मात्रै यौनसम्पर्क राख्नुपर्ने सल्लाह डाक्टरहरूले दिने गर्छन् । तर, यसबीचमा आपसी समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक निकटतालाई कायम राख्न सकिन्छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











