शुप विश्वविद्यालयले प्रदान गरेको ‘अवार्ड’ मा गरिएको विरोध र यर्थातता
कञ्चनपुर, ३० पुस । शुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शनिवार आफ्नो पहिलो दिक्षान्त समारोह मनायो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको पहिलो दिक्षान्त समारोहमा १ सय २० जना विद्यार्थी दिक्षित भएको विश्वविद्यालयले जनाएको छ । शुप विश्वविद्यालयले उत्कृष्ठ चार जनालाई विभिन्न अवार्डबाट सम्मानित समेत गर्यो । स्नातकोत्तर र स्नातकबाट दुई जना केटा र दुई जना केटीले अवार्ड पाए ।
स्नातकोत्तरमा विष्णुदत्त भट्टले ३.६५ ल्याउँदै ‘चान्सलर’ पदक पाए भने जानकी कुमारी विष्टले ३.४३ ल्याउँदै ‘भाइस चान्सलर’ पदक पाईन । स्नातक तर्फ निरज थापाले ३.९९ ल्याउँदै ‘चान्सलर’ पदक पाउँदा प्रतिभा भट्टले ३.९५ सहित ‘भाइस चान्सलर’ पदक पाईन् । ‘भाईसचान्सलर’ पदक महिलाहरुलाई मात्रै प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
पदक वितरसँग देखिएको विवाद र यसको यर्थातताः
पदक वितरणपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनीहरुले बढी अंक ल्याउनेले पदक नपाएको तर कम अंक ल्याएकाले पदक पाएको भन्दै विरोध गरे । ३.६० ल्याउने केटाले नपाउने तर ३.४२ ल्याउने केटीले अवार्ड पाएको भन्दै सामाजिक सञ्जालमा व्यंग प्रहार गरिएको छ । धर्मानन्द भट्ट लेख्छनु्, ‘धन्य ! मेरो सु.प. विश्वविद्यालय । धन्य हो पहिलो दिक्षान्त समारोह ३.४२ ल्याउनेलाई ‘गोल्ड मेडल’ ३.६० ल्याउने हेर्या हेरेइ।’
तर यस विषयमा विश्वविद्यालयले भने कुरा नबुझेर विवाद सिर्जना गरिएको जनाएको छ । शुप विश्वविद्यालयका रजिष्टार दिज राज भट्टले भाइस चान्सलर महिलालाई मात्रै प्रदान गरिने पदक भएको बताए । महिलाहरु मध्ये नै उत्कृष्ट छानेर उक्त पदक दिईएको उनको भनाई छ ।
चान्सलर पदक सबैभन्दा उत्कृष्ट छानेर प्रदान गरिएको भन्दै उनले भने, ‘यसमा कसैले पनि विवाद गर्नु जरुरी छैन्, यसको मापदण्ड नै महिला र उत्कष्ट भनेर छुट्याईएको हो ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












