शुप विश्वविद्यालयले प्रदान गरेको ‘अवार्ड’ मा गरिएको विरोध र यर्थातता
कञ्चनपुर, ३० पुस । शुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शनिवार आफ्नो पहिलो दिक्षान्त समारोह मनायो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको पहिलो दिक्षान्त समारोहमा १ सय २० जना विद्यार्थी दिक्षित भएको विश्वविद्यालयले जनाएको छ । शुप विश्वविद्यालयले उत्कृष्ठ चार जनालाई विभिन्न अवार्डबाट सम्मानित समेत गर्यो । स्नातकोत्तर र स्नातकबाट दुई जना केटा र दुई जना केटीले अवार्ड पाए ।
स्नातकोत्तरमा विष्णुदत्त भट्टले ३.६५ ल्याउँदै ‘चान्सलर’ पदक पाए भने जानकी कुमारी विष्टले ३.४३ ल्याउँदै ‘भाइस चान्सलर’ पदक पाईन । स्नातक तर्फ निरज थापाले ३.९९ ल्याउँदै ‘चान्सलर’ पदक पाउँदा प्रतिभा भट्टले ३.९५ सहित ‘भाइस चान्सलर’ पदक पाईन् । ‘भाईसचान्सलर’ पदक महिलाहरुलाई मात्रै प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
पदक वितरसँग देखिएको विवाद र यसको यर्थातताः
पदक वितरणपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनीहरुले बढी अंक ल्याउनेले पदक नपाएको तर कम अंक ल्याएकाले पदक पाएको भन्दै विरोध गरे । ३.६० ल्याउने केटाले नपाउने तर ३.४२ ल्याउने केटीले अवार्ड पाएको भन्दै सामाजिक सञ्जालमा व्यंग प्रहार गरिएको छ । धर्मानन्द भट्ट लेख्छनु्, ‘धन्य ! मेरो सु.प. विश्वविद्यालय । धन्य हो पहिलो दिक्षान्त समारोह ३.४२ ल्याउनेलाई ‘गोल्ड मेडल’ ३.६० ल्याउने हेर्या हेरेइ।’
तर यस विषयमा विश्वविद्यालयले भने कुरा नबुझेर विवाद सिर्जना गरिएको जनाएको छ । शुप विश्वविद्यालयका रजिष्टार दिज राज भट्टले भाइस चान्सलर महिलालाई मात्रै प्रदान गरिने पदक भएको बताए । महिलाहरु मध्ये नै उत्कृष्ट छानेर उक्त पदक दिईएको उनको भनाई छ ।
चान्सलर पदक सबैभन्दा उत्कृष्ट छानेर प्रदान गरिएको भन्दै उनले भने, ‘यसमा कसैले पनि विवाद गर्नु जरुरी छैन्, यसको मापदण्ड नै महिला र उत्कष्ट भनेर छुट्याईएको हो ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












