चाकडीबाजहरुबाट मुक्त हुन स्वास्थ्य ठिक हुँदा पनि ओली बैंकक बसाई लम्ब्याउँदै
काठमाडौं, २ माघ । नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते मात्रै स्वदेश फर्किने भएका छन् । २६ पुसमा बैंकक गएका ओली बिहीबार दिउँसो मात्र स्वदेश फर्कने भएका हुन् । बैंककमै रहेका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली माघ ४ गते बिहिबार दिउँसो १२ः३० बजे मात्र स्वेश फर्कने जनाएका हुन्। बैंकक तर्फ प्रस्थान गर्नुअघि ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए।
ओलीको अनुपस्थितिमा एमाले–माओवादी एकता र संयुक्त कार्यदलको कामले गति लिन सकेको छैन। बैंककतर्फ प्रस्थान गर्नुअघि ओली र प्रचण्डको भेटबाट राष्टिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित संयुक्त कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले आफ्नो काम गर्दै गर्ने र आफु बैंककबाट फर्किएपछि पार्टी एकता हुने बताएका ओली बिहीबार मात्रै आउन लागेका हुन् ।
बैंकक जाँदा ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए । २ माघमा फर्कने बताएपनि ओली थप केही दिन बैंककमै रहने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । बैंककस्थित ओली रहेको एउटा होटलमा उनलाई भेटेका रिजालले सामाजिक सञ्जालमा भनेका छन् ‘ओलीको स्वास्थ्यस्थिति एकदम राम्रो छ। तर, उहाँ थप केही दिन ब्यांककमै आराम गरेर बस्नु हुनेछ।’
स्वास्थ्य परिक्षणका लागि बैंकक गएका ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको देखिएपछि उनको साथमा गएका दुई चिकित्सकहरु पनि काठमाडौं फर्किसकेका छन्। तीमध्ये डा. दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा. यादव भट्ट आइतबार फर्के। डाक्टरहरुको फिर्तीले पनि के बताउँछ भने ओलीको स्वास्थ्यमा कुनै समस्या छैन।
परीक्षणबाट स्वास्थ्य स्थिति ठीक रहेको प्रतिवेदन आएको छ, त्यस्तो प्रतिवेदनपछि ओली बैंकक बसाईलाई किन लम्ब्याउने योजनामा छन् त ? यो प्रश्नले सबैको ध्यान केन्द्रीत गरेको छ । चुनावको बेलाको दौडधुपले गर्दा ओलीको स्वास्थ्यमा समस्या आयो । चुनाव सकिएलगत्तै वाम एकताको गृहकार्यमा व्यवस्त रहेका ओलीलाई स्वास्थ्य समस्या सताएपछि केही दिन बेड रेष्टमा रहे । मृगौला प्रत्यारोपण गरेका ओली चिसो र डायरियाका कारण गले। जब अलिकति ठीक भयो, त्यसपछिमात्र वाम एकता संयोजन समितिको बैठक डाकियो।
बैठक डाकिएपनि ओलीको शारीरिक स्थिति चाहिँ निकै कमजोर भइसकेको थियो, त्यसैले केही भइहालेको छ कि भनेर बैंकक जाने निर्णय गरे । शारीरिक अवस्था अझै कमजोर नै रहेकाले ओली उहीँ केही दिन रहने र पूर्ववत स्थितिमा पुगेपछि फर्कने योजना ओलीको रहेको एमाले नेताहरुको भनाई छ ।
त्यस्तै नयाँ सकार गठनमा पनि ढिलाई भईरहेको छ । भावी प्रधानमन्त्रीको लाईनमा बसेका ओली देउवाले राजीनामा नदिँदा विरक्तिएका छन् । माघ २४ मा राष्ट्रिय सभाको चुनाव पछि मात्रै ओलीको नेतृत्वमा सरकार गठन हुने देखिएकाले पनि केही दिन विदेशमै घुमफिर गर्न चाहेको हुनसक्ने जानकारहरु बताउँछन् ।
अर्को कुरा नयाँ सरकारको नेतृत्व ओलीले गर्ने देखिएपछि आसेपासेहरुको घेरा त हुनेनै भयो । दिनप्रतिदिन भेट्न आउनेहरुको लर्कोले गर्दा पनि ओली नेपालमा रहँदा हैरान थिए । आफुलाई प्रदेश प्रमुख बनाउनुपर्ने, प्रदेशको मुख्यमन्त्री, उपमुख्यमन्त्री र सभामुख बन्न ती व्यक्तिहरु दिनहुँजसो नेताको घर धाउँन थालेपछि ओली समस्या थिए । सबैभन्दा ठूलो पार्टीका अध्यक्ष र हुनेवाला प्रधानमन्त्री हुनुको नाताले यो प्रबृत्तिबाट ओली सबैभन्दा धेरै हैरान थिए ।
ओलीकहाँ पुगेर यसरी आफ्नो पद सुरक्षित गर्न खोज्ने प्रबृत्तिका व्यक्तिहरुका कारण हैरान भएका ओली त्यो समस्याबाट मुक्त हुन पनि केही दिन बैंककमै बस्न सक्ने अनुमान गरिएको छ । ओली काठमाडौं फिर्नासाथ ती व्यक्तिहरु स्वास्थ्यलाभको कामना गर्ने नाममा ओली निवास पुगिहाल्छन्। ओली निकटका व्यक्तिहरूका भनाईमा, मंगलबार (२ माघ) मा फर्कने योजना भएपनि बैंकक बसाई लम्बिनुको कारण यो पनि हो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












