चाकडीबाजहरुबाट मुक्त हुन स्वास्थ्य ठिक हुँदा पनि ओली बैंकक बसाई लम्ब्याउँदै
काठमाडौं, २ माघ । नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते मात्रै स्वदेश फर्किने भएका छन् । २६ पुसमा बैंकक गएका ओली बिहीबार दिउँसो मात्र स्वदेश फर्कने भएका हुन् । बैंककमै रहेका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली माघ ४ गते बिहिबार दिउँसो १२ः३० बजे मात्र स्वेश फर्कने जनाएका हुन्। बैंकक तर्फ प्रस्थान गर्नुअघि ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए।
ओलीको अनुपस्थितिमा एमाले–माओवादी एकता र संयुक्त कार्यदलको कामले गति लिन सकेको छैन। बैंककतर्फ प्रस्थान गर्नुअघि ओली र प्रचण्डको भेटबाट राष्टिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित संयुक्त कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले आफ्नो काम गर्दै गर्ने र आफु बैंककबाट फर्किएपछि पार्टी एकता हुने बताएका ओली बिहीबार मात्रै आउन लागेका हुन् ।
बैंकक जाँदा ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए । २ माघमा फर्कने बताएपनि ओली थप केही दिन बैंककमै रहने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । बैंककस्थित ओली रहेको एउटा होटलमा उनलाई भेटेका रिजालले सामाजिक सञ्जालमा भनेका छन् ‘ओलीको स्वास्थ्यस्थिति एकदम राम्रो छ। तर, उहाँ थप केही दिन ब्यांककमै आराम गरेर बस्नु हुनेछ।’
स्वास्थ्य परिक्षणका लागि बैंकक गएका ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको देखिएपछि उनको साथमा गएका दुई चिकित्सकहरु पनि काठमाडौं फर्किसकेका छन्। तीमध्ये डा. दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा. यादव भट्ट आइतबार फर्के। डाक्टरहरुको फिर्तीले पनि के बताउँछ भने ओलीको स्वास्थ्यमा कुनै समस्या छैन।
परीक्षणबाट स्वास्थ्य स्थिति ठीक रहेको प्रतिवेदन आएको छ, त्यस्तो प्रतिवेदनपछि ओली बैंकक बसाईलाई किन लम्ब्याउने योजनामा छन् त ? यो प्रश्नले सबैको ध्यान केन्द्रीत गरेको छ । चुनावको बेलाको दौडधुपले गर्दा ओलीको स्वास्थ्यमा समस्या आयो । चुनाव सकिएलगत्तै वाम एकताको गृहकार्यमा व्यवस्त रहेका ओलीलाई स्वास्थ्य समस्या सताएपछि केही दिन बेड रेष्टमा रहे । मृगौला प्रत्यारोपण गरेका ओली चिसो र डायरियाका कारण गले। जब अलिकति ठीक भयो, त्यसपछिमात्र वाम एकता संयोजन समितिको बैठक डाकियो।
बैठक डाकिएपनि ओलीको शारीरिक स्थिति चाहिँ निकै कमजोर भइसकेको थियो, त्यसैले केही भइहालेको छ कि भनेर बैंकक जाने निर्णय गरे । शारीरिक अवस्था अझै कमजोर नै रहेकाले ओली उहीँ केही दिन रहने र पूर्ववत स्थितिमा पुगेपछि फर्कने योजना ओलीको रहेको एमाले नेताहरुको भनाई छ ।
त्यस्तै नयाँ सकार गठनमा पनि ढिलाई भईरहेको छ । भावी प्रधानमन्त्रीको लाईनमा बसेका ओली देउवाले राजीनामा नदिँदा विरक्तिएका छन् । माघ २४ मा राष्ट्रिय सभाको चुनाव पछि मात्रै ओलीको नेतृत्वमा सरकार गठन हुने देखिएकाले पनि केही दिन विदेशमै घुमफिर गर्न चाहेको हुनसक्ने जानकारहरु बताउँछन् ।
अर्को कुरा नयाँ सरकारको नेतृत्व ओलीले गर्ने देखिएपछि आसेपासेहरुको घेरा त हुनेनै भयो । दिनप्रतिदिन भेट्न आउनेहरुको लर्कोले गर्दा पनि ओली नेपालमा रहँदा हैरान थिए । आफुलाई प्रदेश प्रमुख बनाउनुपर्ने, प्रदेशको मुख्यमन्त्री, उपमुख्यमन्त्री र सभामुख बन्न ती व्यक्तिहरु दिनहुँजसो नेताको घर धाउँन थालेपछि ओली समस्या थिए । सबैभन्दा ठूलो पार्टीका अध्यक्ष र हुनेवाला प्रधानमन्त्री हुनुको नाताले यो प्रबृत्तिबाट ओली सबैभन्दा धेरै हैरान थिए ।
ओलीकहाँ पुगेर यसरी आफ्नो पद सुरक्षित गर्न खोज्ने प्रबृत्तिका व्यक्तिहरुका कारण हैरान भएका ओली त्यो समस्याबाट मुक्त हुन पनि केही दिन बैंककमै बस्न सक्ने अनुमान गरिएको छ । ओली काठमाडौं फिर्नासाथ ती व्यक्तिहरु स्वास्थ्यलाभको कामना गर्ने नाममा ओली निवास पुगिहाल्छन्। ओली निकटका व्यक्तिहरूका भनाईमा, मंगलबार (२ माघ) मा फर्कने योजना भएपनि बैंकक बसाई लम्बिनुको कारण यो पनि हो।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











