चर्कीयो आन्दोलः दलका नेतालाई जिल्लामा प्रबेश निशेध, क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा आगजनी
काठमाडौं । प्रदेश राजधानीको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदा जनजिवन प्रभावित बनेको छ । प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउन माग गर्दै त्यहाँ स्थित क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी समेत गरिएको छ । प्रदेश नं १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित प्रदर्शनमा उत्रिएकाहरुले धनकुटामा रहेको क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले आज बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेकोे प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएका छन् ।
प्रदर्शनकारीले कार्यालयको झ्याल ढोका समेत तोडफोड गरेका थिए । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।
प्रदर्शनकै क्रममा प्रदर्शनकारी प्रहरीबीच भएको झडपमा ३ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ ।
काठमाडौं । धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।
यसैबीच प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने भन्दै चर्किएको आन्दोलनले समेत उग्ररुप लिन थालेको त्यहाँबाट पत्रकारहरुले जानकारी दिएका छन । जिल्लामा अस्पताल बाहीकका अरु कुनै पसल नखुलेको बताइएको छ । एम्बुलेन्सलाई अबरोध गरेको स्थानियले बताएका छन । सामाजिक सञ्जालमा ब्यापक रुपमा प्रदेश राजधानीको विरोध भईरहेको छ । दाङमा दलका नेता तथा कार्यकर्तालाई प्रबेश निशेध गरीएको संघर्ष समितिका सविन प्रियासनले बताएका छन ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











