राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी घनिभूत ढंगबाट अघि बढाइएकाे निवार्चन अायाेगकाे भनाइ
काठमाडौ ।आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पु¥याउन निर्वाचन आयोगले सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि सञ्चालन गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापन कार्यक्रम बिहिबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको व्यवस्थापनमा प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नगरिदिन आग्रह गरे ।
नेपालको संविधानको पूर्ण कार्यान्वय गर्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी घनिभूत ढंगबाट अघि बढाइएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको बताए ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकगरी प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभाका लागि प्रतिनिधित्व हुने निर्वाचनको मतगणना कार्य जटिल भएकाले मत गणनाका लागि केन्द्रले प्राविधिक टोली खटाउने सोच बनाएको जानकारी दिए ।
प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशसमेत २३ जनाको सहभागिता छ ।
सातै वटा प्रदेशका ती जिल्लामा मतदान केन्द्र रहने छ । उक्त निर्वाचनका लागि चार वटा मतपत्रको नमूना आयोगले तयार पारेको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार फरक फरक रहेकाले मतदान केन्द्र पनि फरक फरक राख्न आयोगले गृहकार्य गरिरहेको प्रवत्ता ढकालले बताए ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । स्थानीय तहअन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहने छन् ।
निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ तथा प्रदेशसभाका ५५० सदस्य गरी दुई हजार ५६ जना मतदाता रहनेछन् ।
नेपालको संविधानअनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वा्चित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै संघीय संसद्ले पूर्णता पाउने छ ।
राष्ट्रियसभाको निर्वाचन माघ २४ गते बुधबारका दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म हुनेछ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












