उपेन्द्रकान्त अर्याल विचौलिया र तस्करको शरणमा पुगे
काठमाडौं । नेपाल प्रहरीको प्रमुख रहँदा पाँच करोड भन्दा बढि रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका उपेन्द्रकान्त अर्याल विचौलिया र तस्करको शरणमा पुगेका छन् । स्रोतका अनुसार पटक–पटक अख्तियारमा बयान दिइसकेका अर्यालले दिपक तिमिल्सिना नामका दलाल मार्फत प्रमुख आयुक्त दिप बस्नेतलाई भेटेर जोगाइदिन आग्रह गरेका छन् ।
अख्तियारका प्रेस संयोजक भवानी सुवेदीले तिमिल्सिना मार्फत प्रमुख आयुक्त बस्नेतलाई भेटेर मुद्दा मिलाउन सुझाव दिएपछि विचौलियाका रुपमा परिचित तिमिल्सिनाको शरणमा अर्याल पुगेका हुन् ।
अर्यालको अनुसन्धानको फाइल अन्तिम चरणमा पुगेको र विशेष अदालतमा मुद्दा चल्ने जानकारी पाए लगत्तै उनी विचौलियाको शरणमा पुगेको अख्तियार स्रोत बताउँछ ।
त्यसैगरी अर्यालले नेपाल प्रहरीका डिआईजी पवन खरेल मार्फत पनि अख्तियारका आयुक्त नविन घिमिरेलाई केही दिन अघि मात्र भेटेको स्रोतले बतायो । घिमिरे खरेलका सम्धी हुन् । कुनै समय स्मार्ट टेलिकममा सेयर हत्याउन किर्ते काम गरेर बद्नामी कमाएका तिमिल्सिना एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतो निकट मानिन्छन् । महतोका मुद्दा मामिलाहरु यिनै तिमिल्सिनाले हेर्दै आइरहेका छन् । तिमिल्सिना पछिल्लो समय व्यापारी अजेयराज सुमार्गीविरुद्ध पनि हात धोएर लागिरहेका छन् ।
महतोले पनि आफ्ना मित अर्याललाई जोगाउन अख्तियारमा लविङ गरिरहेका छन् । मुद्दा मिलाएर अख्तियारकै आयुक्त बन्ने लक्ष्य बोकी हिंडेका अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि अख्तियारले पटक–पटक बयान लिई अनुसन्धान गरिरहेको छ । अर्यालमाथि हुण्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको आरोप छ ।
सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकममार्फत अर्यालले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलिसकेको छ । अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ ।
अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको छ । त्यसैगरी प्रहरीको रासन खरिदमा पनि अर्याल मुछिएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











