मौद्रिक नीति परिमार्जन गर्न नपर्ने राष्ट्र बैंकको दाबी
काठमाडौँ । शोधानान्तर घाटा बढेको विवरण आइरहेका बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति परिमार्जन गर्न नपर्ने जनाएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिना बित्दा विदेशबाट भित्रिने रकम बाहिरिनेको तुलनामा करिब ९ अर्ब रुपैयाँ कम अर्थात् शोधानान्तर घाटा छ । तर, राष्ट्र बैंकले देशको ढुकुटीमा पर्याप्त विदेशी मुद्रा सञ्चित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छ । राष्ट्र बैंकसँग एक हजार ८५ अर्ब रुपैयाँ छ जुन ११ महिनाको लागि बस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विदेशी विनिमय सञ्चिति आठ महिनालाई पुग्ने भन्दा बढी रहँदासम्म मौद्रिक नीतिमा फेरबदल गर्न नपर्ने राष्ट्र बैंकको दाबी छ ।
तर, देशको अर्थतन्त्र धान्दै आएको रेमिट्यान्स आप्रवाह घटेर ऋणात्मक हुँदै गएको छ । यापार घाटा पनि बढ्दै गइरहेकाले शोधानान्तर घाटामा वृद्धि भएको जानकारहरु बताउँछन् । गत वर्षको तुलनामा यस वर्ष आयात १२.८ प्रतिशत बढेको छ । तर सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदो छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












