प्रदेश २, ३ , ४ र ५ काे शपथ सकियो
काठमाडौं । अधिकाँश प्रदेश प्रमुखहरुले पदभार ग्रहणसँगै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । प्रदेश नम्बर २, ३, ४ र ५ काे शपथ सकिएको छ । प्रदेश ४ मा पनि मनाङ ख बाट प्रदेशसभामा निर्वाचित भएका दीपक मनाङी भनिने राजीव गुरुङ र रामबहादुर गुरुङ बाहेक अन्य सदस्यहरुको सपथ ग्रहण भएको छ ।
प्रदेश नम्बर ७ का प्रमुख मोहनराम मल्ल शपथको लागि धनगढी जान हवाई जहान नभएपछि गाडीबाटै गएका छन् । प्रदेशप्रमुख मल्ल आइतवार दिउँसो मात्र शपथ ग्रहणस्थल पुगेका छन् । प्रमुख मल्ल नै ढिलो पुगेपछि त्यहाँको सपथ कार्यक्रम बेलुका ७ बजे मात्र हुने भएको छ ।
भाषा विवादले केही बेर रोकिएको प्रदेश नम्बर २ को सपथ पुन भएकाे छ । प्रदेशसभा सदस्प्रयहरूले नेपाली र हिन्दी सहित ४ भाषामा सपथ लिएका छन् । प्रदेश नम्बर १ मा शपथ भइरहेकाे छ ।
प्रदेश नम्बर ६ को प्रमुख दुर्गाकेशर खनालले आईतबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको सपथ ग्रहण लिइसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत आएका खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको प्रदेशप्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि खनालले प्रदेश सांसदहरुलाई शपथ खुवाउने जिल्ला समन्वय समितिको हलमा कार्यक्रम तोकेको पत्रमा हस्ताक्षर गरेका थिए । पत्रकारसंग संक्षिप्त कुरा गर्दै प्रदेश प्रमुख खनालले प्रदेश ६ को विकासका लागि आफू कटिवद्ध रहेको बताए । उनले सवैपक्षको साथ र सहयोगको अपेक्षा राखेको पनि उल्लेख गरे ।
प्रदेशप्रमुख खनालले आजै प्रदेश सांसदहरुलाई सपथ खुवाउने कार्यतालिका छन । जिल्ला समन्वय समितिको हलमा आज दिउसो १ बजे प्रदेश ६ का ४० जना संसदले सपथ खादैछन् । एकैपटक ४० जनालाई शपथ खुवाउन नमिल्ने प्रावधान भएकाले प्रदेश सांसदहरू मध्य जेष्ठ प्रदेश सदस्यलाई प्रदेश प्रमुख खनालले सपथ खुवाउने छन् । प्रदेश ६ का जेष्ठ प्रदेश सभा सदस्यहरुमध्ये हिमबहादुर शाहीले पहिले सपथ ग्रहण गर्नेछन् । ६८ वर्षिय शाहीलाई शुरूमा प्रदेश प्रमुख खनालले शुरूमा शपथ खुवाउने छन् । नेपाली काँग्रेस दैलखबाट समानुपातिक सांसद बनेका शाहीले सपथ खाएपछि प्रदेशका ३९ जना अन्य सांसदहरूलाई शपथ खुवाउने प्रशासक प्रधानले बताए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












