बजेटका कारण कामपाको इन्टरनेट राख्ने कार्यमा अन्यौलमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।
पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए ।
काफ्लेले भने, ‘एक स्थानमा इन्टरनेट राख्नका लागि ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अघि बढ्न नसकेको हो ।’ इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको छैन, त्यो पनि मुख्य विषय हो, काफ्लेले भने ।
पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्नसके उक्त स्थान मर्मत सम्भारको कार्य गर्नका लगि अन्यत्रबाट स्रोत खोज्नु नपर्ने र संख्यात्मकरुपमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुने कामपाको भनाइ छ ।
कामपाले २०७२ सालमा अवलोकन गर्न आउने आगन्तुकलाई मध्यनजर गर्दै रत्नपार्कमा निःशुल्क इन्टरनेट राखेको थियो । निःशुल्क इन्टरनेट राखेसँगै रत्नपार्क अवलोकन गर्न आउनेको संख्यामा वृद्धि भएको थियो ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











