सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ पठनपाठन हुने
काठमाडौं, १२ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ पठनपाठन हुने भएको छ । त्यसका निम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ । ‘विशेष शिक्षा’ सञ्चालनका लागि शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छाङओनका तर्फबाट विशेष शिक्षाविद् प्राध्यापक दाय योङ जङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण, संवेगात्मक व्यवहार, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, अपाङ्गता तथा विशेष आवश्यकतासहितका बालबालिकालाई शैक्षणिक प्रविधि समेटिएका छन् । पाँच वर्षका निम्ति सम्झौता भएको हो । जसअनुसार दुई देशका विश्वविद्यालयबीच स्नातक र स्नातकोत्तर तहमा विद्यार्थीलाई विशेष शिक्षा विषय अध्ययन तथा अनुसन्धान कार्य गराइने छ ।
त्यसैगरी प्राज्ञिक र प्रशासनिक कर्मचारीको सशक्तिकरण, छोटो अवधिका भाषा र सांस्कृतिक प्रशिक्षण, अध्ययन तथा अनुसन्धान, सांस्कृतिक आदानप्रदान गरिने छ । ‘छाङओन नेसनल युनिभर्सिटीले नेपालका निम्ति नयाँ विषय प्रवर्द्धनमा सहयोग गर्दैछ,’ पत्रकार सम्मेलनमा उपकुलपति श्रेष्ठले भनिन्, ‘विशेष शिक्षाले सुदूरपश्चिमाञ्चल क्षेत्रका समुदायले सेवा पुर्याउने छ । त्यस निम्ति हामीले विशेष शिक्षाका निम्ति छुट्टै भौतिक पूर्वाधार निर्माणको काम थालेका छौं ।’ यसअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय टोलीले कोरियाको विशेष शिक्षा व्यवस्थापनबारे स्थलगत अवलोकनसमेत गरेको थियो ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












