सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ पठनपाठन हुने
काठमाडौं, १२ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ पठनपाठन हुने भएको छ । त्यसका निम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ । ‘विशेष शिक्षा’ सञ्चालनका लागि शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छाङओनका तर्फबाट विशेष शिक्षाविद् प्राध्यापक दाय योङ जङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण, संवेगात्मक व्यवहार, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, अपाङ्गता तथा विशेष आवश्यकतासहितका बालबालिकालाई शैक्षणिक प्रविधि समेटिएका छन् । पाँच वर्षका निम्ति सम्झौता भएको हो । जसअनुसार दुई देशका विश्वविद्यालयबीच स्नातक र स्नातकोत्तर तहमा विद्यार्थीलाई विशेष शिक्षा विषय अध्ययन तथा अनुसन्धान कार्य गराइने छ ।
त्यसैगरी प्राज्ञिक र प्रशासनिक कर्मचारीको सशक्तिकरण, छोटो अवधिका भाषा र सांस्कृतिक प्रशिक्षण, अध्ययन तथा अनुसन्धान, सांस्कृतिक आदानप्रदान गरिने छ । ‘छाङओन नेसनल युनिभर्सिटीले नेपालका निम्ति नयाँ विषय प्रवर्द्धनमा सहयोग गर्दैछ,’ पत्रकार सम्मेलनमा उपकुलपति श्रेष्ठले भनिन्, ‘विशेष शिक्षाले सुदूरपश्चिमाञ्चल क्षेत्रका समुदायले सेवा पुर्याउने छ । त्यस निम्ति हामीले विशेष शिक्षाका निम्ति छुट्टै भौतिक पूर्वाधार निर्माणको काम थालेका छौं ।’ यसअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय टोलीले कोरियाको विशेष शिक्षा व्यवस्थापनबारे स्थलगत अवलोकनसमेत गरेको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











