नरेन्द्र मोदीको कोशेली ल्याएर भारतीय विदेशमन्त्री नेपाल आउँदै, ओली भन्दा पहिला मोदीले नेपाल भ्रमण गर्ने
काठमाडौं, १३ माघ । आफ्नो निर्देशन अनुसार नेपाललाई चलाउँदै आएको भारत यतिबेला तनावमा देखिएको छ । पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर अगाडि बढ्ने निर्णय गरेसँगै भारत तनावमा देखिएको हो । एकातिर वाम गठबन्धन बन्नु र अर्कोतिर आफ्नो नजिक मान्दै आएको नेपाली कांग्रेसले निर्वाचनमा पराजित हुनुले भारतलाई ठूलो झट्का लागेको हो ।
यस्तो अवस्थामा नेपालमाथि आफ्नो प्रभुत्व कसरी स्थापित गर्न सकिन्छ भन्ने प्रयासमा भारत लागिरहेको कूटनीतिज्ञहरुको बुझाई छ । भारतले आफ्ना कूटनीतिज्ञहरुलाई नेपाल भ्रमण गराउनेदेखि लिएर नेपाली शीर्ष नेताहरुलाई प्रत्यक्ष सम्वाद गर्ने सम्मका कार्य गर्दै आएको छ । तर अहिलेसम्मका प्रयासबाट कुनै उपलब्धि नभएपछि भारतले विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाउँदै छ ।
नेपाल मामिला विज्ञ समेत रहेकी भारतीय विदेशमन्त्री स्वराज आगामी साता नेपाल भ्रमणमा आउन लागेकी हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर नेपाल आउन लागेकी भारतीय मिडियाहरुले जनाएका छन् । नेपाल सरकारको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि फेब्रुअरी महिनाको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।
नेपालमा रहँदा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री शशांक कोइराला लगायत विभिन्न दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । स्वराजको यो भ्रमणलाई काठमाडौं र दिल्ली दुवैतिर महत्वका साथ हेरिएको छ । नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि वर्तमान सत्तारुढ नेपाली कांग्रेस प्रतिपक्षमा र एमाले नेतृत्वमा रहेको वाम गठबन्धन सरकारमा जाने भएपछि नेपाल–भारत सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासो सर्वत्र छ ।
नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यदि उनको नेतृत्वमा नयाँ सरकार बने त्यसले भारत र चीन दुवैसँग सौहार्दपूर्ण सम्बन्ध विकसित गरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै आएका छन् । भारतले भने नेपाललाई अहिलेसम्म परम्परागत ‘सुरक्षा छाता’को दृष्टिकोणबाट हेर्दै आएको छ ।
चुनावमा नेपाली नागरिकले ब्यक्त गरेको अभिमत केपी ओलीले प्रतिनिधित्व गर्ने स्वतन्त्र नेपाली परराष्ट्र नीतिको पक्षमा देखिएपछि भारतले आफ्नो परम्परागत अवधारणामा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्नका कारण नेपाल–भारत सम्बन्धलाई थप चासोका साथ हेरिने प्रष्ट छ ।
चुनावमा बहुमत प्राप्त गठबन्धनका नेताका रुपमा उदाएपछि अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक टेलिफोन मार्फत वधाई दिएका छन् भने प्रधानमन्त्री निर्वाचित भएपछि भारत भ्रमणको समेत निम्ता दिएका छन् । जवाफमा ओलीले यसपटक मोदीलाई नै आफू भारत जानु भन्दा पहिले नेपाल भ्रमण गर्न निम्त्याएका छन् । यदि ओलीको निमन्त्रणा स्वीकार गर्दै मोदी नै नेपाल भ्रमणमा आए भने भारत पनि नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिनेछ ।
यस पृष्ठभूमिमा अचानक नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको एमाले अध्यक्ष ओलीसँग हुने भेटघाटलाई दिल्ली र काठमाडौं दुवैतिर ठूलो महत्व दिइनेछ । यस भेटघाटमा मोदी र ओलीको सम्भावित नेपाल र भारत भ्रमणका विषयदेखि आगामी दिनमा नेपाल भारत सम्बन्धले लिने दिशाका विषयमा पनि छलफल हुने जनाईएको छ ।
नेपालमाथि लगाएको नाकाबन्दी पछि भारतसँग सम्बन्धमा चिसोपना आएको छ । स्वराजको नेपाल भ्रमणबाट त्यसलाई केही हदसम्म मत्थर पार्ने प्रयास गरिने अनुमान गरिएको छ । यदि ओलीको भारत भ्रमणभन्दा पहिलानै मोदी नेपाल भ्रमणमा आए पनि सम्बन्ध थप मजबुद हुने देखिएको छ । पछिल्लो समय नेपाल चीनतर्फ नजिकिन थालेसँगै भारतले त्यसलाई निकै चाँसोका साथ हेर्दै आएको छ । यसअर्थमा पनि मोदी ओलीभन्दा पहिल्यै नेपाल भ्रमणमा निस्किन सक्नेछन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











