नरेन्द्र मोदीको कोशेली ल्याएर भारतीय विदेशमन्त्री नेपाल आउँदै, ओली भन्दा पहिला मोदीले नेपाल भ्रमण गर्ने
काठमाडौं, १३ माघ । आफ्नो निर्देशन अनुसार नेपाललाई चलाउँदै आएको भारत यतिबेला तनावमा देखिएको छ । पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर अगाडि बढ्ने निर्णय गरेसँगै भारत तनावमा देखिएको हो । एकातिर वाम गठबन्धन बन्नु र अर्कोतिर आफ्नो नजिक मान्दै आएको नेपाली कांग्रेसले निर्वाचनमा पराजित हुनुले भारतलाई ठूलो झट्का लागेको हो ।
यस्तो अवस्थामा नेपालमाथि आफ्नो प्रभुत्व कसरी स्थापित गर्न सकिन्छ भन्ने प्रयासमा भारत लागिरहेको कूटनीतिज्ञहरुको बुझाई छ । भारतले आफ्ना कूटनीतिज्ञहरुलाई नेपाल भ्रमण गराउनेदेखि लिएर नेपाली शीर्ष नेताहरुलाई प्रत्यक्ष सम्वाद गर्ने सम्मका कार्य गर्दै आएको छ । तर अहिलेसम्मका प्रयासबाट कुनै उपलब्धि नभएपछि भारतले विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाउँदै छ ।
नेपाल मामिला विज्ञ समेत रहेकी भारतीय विदेशमन्त्री स्वराज आगामी साता नेपाल भ्रमणमा आउन लागेकी हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर नेपाल आउन लागेकी भारतीय मिडियाहरुले जनाएका छन् । नेपाल सरकारको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि फेब्रुअरी महिनाको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।
नेपालमा रहँदा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री शशांक कोइराला लगायत विभिन्न दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । स्वराजको यो भ्रमणलाई काठमाडौं र दिल्ली दुवैतिर महत्वका साथ हेरिएको छ । नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि वर्तमान सत्तारुढ नेपाली कांग्रेस प्रतिपक्षमा र एमाले नेतृत्वमा रहेको वाम गठबन्धन सरकारमा जाने भएपछि नेपाल–भारत सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासो सर्वत्र छ ।
नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यदि उनको नेतृत्वमा नयाँ सरकार बने त्यसले भारत र चीन दुवैसँग सौहार्दपूर्ण सम्बन्ध विकसित गरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै आएका छन् । भारतले भने नेपाललाई अहिलेसम्म परम्परागत ‘सुरक्षा छाता’को दृष्टिकोणबाट हेर्दै आएको छ ।
चुनावमा नेपाली नागरिकले ब्यक्त गरेको अभिमत केपी ओलीले प्रतिनिधित्व गर्ने स्वतन्त्र नेपाली परराष्ट्र नीतिको पक्षमा देखिएपछि भारतले आफ्नो परम्परागत अवधारणामा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्नका कारण नेपाल–भारत सम्बन्धलाई थप चासोका साथ हेरिने प्रष्ट छ ।
चुनावमा बहुमत प्राप्त गठबन्धनका नेताका रुपमा उदाएपछि अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक टेलिफोन मार्फत वधाई दिएका छन् भने प्रधानमन्त्री निर्वाचित भएपछि भारत भ्रमणको समेत निम्ता दिएका छन् । जवाफमा ओलीले यसपटक मोदीलाई नै आफू भारत जानु भन्दा पहिले नेपाल भ्रमण गर्न निम्त्याएका छन् । यदि ओलीको निमन्त्रणा स्वीकार गर्दै मोदी नै नेपाल भ्रमणमा आए भने भारत पनि नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिनेछ ।
यस पृष्ठभूमिमा अचानक नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको एमाले अध्यक्ष ओलीसँग हुने भेटघाटलाई दिल्ली र काठमाडौं दुवैतिर ठूलो महत्व दिइनेछ । यस भेटघाटमा मोदी र ओलीको सम्भावित नेपाल र भारत भ्रमणका विषयदेखि आगामी दिनमा नेपाल भारत सम्बन्धले लिने दिशाका विषयमा पनि छलफल हुने जनाईएको छ ।
नेपालमाथि लगाएको नाकाबन्दी पछि भारतसँग सम्बन्धमा चिसोपना आएको छ । स्वराजको नेपाल भ्रमणबाट त्यसलाई केही हदसम्म मत्थर पार्ने प्रयास गरिने अनुमान गरिएको छ । यदि ओलीको भारत भ्रमणभन्दा पहिलानै मोदी नेपाल भ्रमणमा आए पनि सम्बन्ध थप मजबुद हुने देखिएको छ । पछिल्लो समय नेपाल चीनतर्फ नजिकिन थालेसँगै भारतले त्यसलाई निकै चाँसोका साथ हेर्दै आएको छ । यसअर्थमा पनि मोदी ओलीभन्दा पहिल्यै नेपाल भ्रमणमा निस्किन सक्नेछन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












