नाम एउटै मिल्दा: शिक्षकको परीक्षा पास गर्ने एउटा, जागिर खाने अर्कैै
कञ्चनपुर, १४ माघ । जसले परिक्षा दिन्छ उसैले जागिर खाने हो । यस्तो नियम नेपालमा मात्रै नभई विश्वभर लागू छ । तर के गर्ने हाम्रै नेपालमा यो नियमको ठिक विपरितको घटना घटेको छ । शिक्षा आयोगले लिएको लोकसेवा परीक्षामा एक जना पास भए तर जागिर भने अर्कैले खाएको खुलासा भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने राष्ट्रिय माध्यमिक विद्यालय पहरीयामा एक महिलाले नाम मिल्ने शिक्षिकाको जागिर खाइरहेको भेटिएको छ । करार सुचिमा परेकी शुक्लाफाटा नगरपालिका ७ कसरौल बस्ने विस्ना कुमारी साउदको नाममा कृष्णपुर नगरपालिका १ पहरिया बस्ने विस्ना साउदले एक वर्षदेखि अस्थाई सूचीको शिक्षक भई जागिर खाइरहेको खुलासा भएको हो ।
गतहप्ता शुक्लाफाँटा नगरपालिका ३ को जनज्योती आधारभुत विद्यालय जोनापुरमा शिक्षकका लागि दरखास्त दिन जाँदा करार सूचीमा रहेकी विस्ना साउँदले एक वर्षदेखि पहरीयामा जागिर खाइरहेको जानकारी गराउँदा उक्त खुलासा भएको हो ।
२०७३ साल पुस महिनामा राष्ट्रिय माध्यमिक विद्यालय पहरीयाले प्राथमिक बिद्यालय तृतीय तह महिला शिक्षकका लागि अस्थाई करार सूचीमा नाम समावेश भएको तर आफु गर्भवती भएकाले र विद्यालय टाढा भएका कारण जान नसकेको कारण मेरो नाम मिल्ने स्थानिय महिलाले जालसाजी गरी जागिर खाएको सक्कली विस्ना साउदले बताएकी छन् ।
शिक्षा कार्यालयले प्रकाशन गरेको अस्थाई शिक्षक करार सूचीको १६ नम्बरमा आफ्नो नाम समावेश रहेको र आफ्नो प्रवेश पत्र हराएको भनि विद्यालयमा आवेदन दिएको हुँदा विद्यालयले नियुक्त गर्दा करारनामा गरेर नियुिक्त दिएको विद्यालय प्रशासनले जनाएको छ ।
करार सूचीमा आफ्नो नाम रहेको र प्रवेशपत्र हराएको भनि निवेदन दिएको हुँदा आफूहरु समेत झुक्किन पुगेको प्रधानाध्याक गणेश बहादुर चन्दले बताए । विस्ना कुमारीको नामबाट जागिर खाई भर्खरै अवकाश पाएकी कृष्णपुर १ की विस्ना साउँदले आफुले गल्ती गरेको स्विकारी सकेको भएपनि आफूले २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षा दिएको बताउँछिन् ।
नक्कली शिक्षिकाले जागिर खाइरहेको जानकारी पाएपछि विद्यालयले माघ ३ गते विस्ना साउँदलाई हटाएको छ ।लोक सेवा आयोगले तीन पुस्ते विवरण माग्ने गरेको भएपनि शिक्षक सेवा आयोगले नाम थर र सिरियल नम्बर मात्र पठाएको हुँदा विद्यालयले एकै नाम थर भएको कारण झुक्किएको हुनसक्ने जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको बुझाई छ । यस विषयमा बिद्यालयले के कसरी शिक्षक भर्ना गरेको हो सो बारे छानबिन गर्ने र आवस्यक कार्वाही गरिने भट्टको भनाई छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












