नाम एउटै मिल्दा: शिक्षकको परीक्षा पास गर्ने एउटा, जागिर खाने अर्कैै
कञ्चनपुर, १४ माघ । जसले परिक्षा दिन्छ उसैले जागिर खाने हो । यस्तो नियम नेपालमा मात्रै नभई विश्वभर लागू छ । तर के गर्ने हाम्रै नेपालमा यो नियमको ठिक विपरितको घटना घटेको छ । शिक्षा आयोगले लिएको लोकसेवा परीक्षामा एक जना पास भए तर जागिर भने अर्कैले खाएको खुलासा भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने राष्ट्रिय माध्यमिक विद्यालय पहरीयामा एक महिलाले नाम मिल्ने शिक्षिकाको जागिर खाइरहेको भेटिएको छ । करार सुचिमा परेकी शुक्लाफाटा नगरपालिका ७ कसरौल बस्ने विस्ना कुमारी साउदको नाममा कृष्णपुर नगरपालिका १ पहरिया बस्ने विस्ना साउदले एक वर्षदेखि अस्थाई सूचीको शिक्षक भई जागिर खाइरहेको खुलासा भएको हो ।
गतहप्ता शुक्लाफाँटा नगरपालिका ३ को जनज्योती आधारभुत विद्यालय जोनापुरमा शिक्षकका लागि दरखास्त दिन जाँदा करार सूचीमा रहेकी विस्ना साउँदले एक वर्षदेखि पहरीयामा जागिर खाइरहेको जानकारी गराउँदा उक्त खुलासा भएको हो ।
२०७३ साल पुस महिनामा राष्ट्रिय माध्यमिक विद्यालय पहरीयाले प्राथमिक बिद्यालय तृतीय तह महिला शिक्षकका लागि अस्थाई करार सूचीमा नाम समावेश भएको तर आफु गर्भवती भएकाले र विद्यालय टाढा भएका कारण जान नसकेको कारण मेरो नाम मिल्ने स्थानिय महिलाले जालसाजी गरी जागिर खाएको सक्कली विस्ना साउदले बताएकी छन् ।
शिक्षा कार्यालयले प्रकाशन गरेको अस्थाई शिक्षक करार सूचीको १६ नम्बरमा आफ्नो नाम समावेश रहेको र आफ्नो प्रवेश पत्र हराएको भनि विद्यालयमा आवेदन दिएको हुँदा विद्यालयले नियुक्त गर्दा करारनामा गरेर नियुिक्त दिएको विद्यालय प्रशासनले जनाएको छ ।
करार सूचीमा आफ्नो नाम रहेको र प्रवेशपत्र हराएको भनि निवेदन दिएको हुँदा आफूहरु समेत झुक्किन पुगेको प्रधानाध्याक गणेश बहादुर चन्दले बताए । विस्ना कुमारीको नामबाट जागिर खाई भर्खरै अवकाश पाएकी कृष्णपुर १ की विस्ना साउँदले आफुले गल्ती गरेको स्विकारी सकेको भएपनि आफूले २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षा दिएको बताउँछिन् ।
नक्कली शिक्षिकाले जागिर खाइरहेको जानकारी पाएपछि विद्यालयले माघ ३ गते विस्ना साउँदलाई हटाएको छ ।लोक सेवा आयोगले तीन पुस्ते विवरण माग्ने गरेको भएपनि शिक्षक सेवा आयोगले नाम थर र सिरियल नम्बर मात्र पठाएको हुँदा विद्यालयले एकै नाम थर भएको कारण झुक्किएको हुनसक्ने जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको बुझाई छ । यस विषयमा बिद्यालयले के कसरी शिक्षक भर्ना गरेको हो सो बारे छानबिन गर्ने र आवस्यक कार्वाही गरिने भट्टको भनाई छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











