एउटी गरिब महिलासँग ‘घुस’ लिँदा १३ जनालाई सर्यो एड्स
एजेन्सी, १७ माघ । एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स लाग्यो भन्दा पत्यार नलाग्न सक्छ । तर यो घटना छिमेकी देश भारतको हो । भारतको गोरखपुर जिल्लाको भटहट गाउँकी एक गरिब महिलाले आफुसँग घुस माग्नेहरुलाई बदलामा एड्स दिएकी छन् ।
ती महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन खोज्दा कर्मचारीले घुस मागे । आफु गरिब भएको तर राज्यले दिने अधिकार माग्न खोज्दा कर्मचारीहरुले घुस मागे । गरिब महिलासँग घुस माग्न खोज्दा उनले पैसा कताबाट दिन सक्थिन र । पैसा दिन नसक्ने भए आफुसँग शारीरिक सम्बन्ध राख्न बाध्य भईन् ।
फलस्वरुप आफुसँग यौनसम्पर्क राख्नेहरुलाई एड्स पनि दिईन् । घुस लिँदा कसरी एड्स हुन्छ भन्नुहोला, तर यहाँ एकजनालाई होइन, १३ जनालाई एड्स भइसकेको छ । त्यतिमात्र होइन भारतमा सुशासन सुध्रियो, गरिबको दिन आयो भनेर मोदी सरकारले लगाउने नारामै मोसो दलिएको छ ।
‘काम त हुन्छ तर सुत्नुपर्छ’
६ वर्षअघि भटहट गाउँमा २४ वर्षीया महिला नयाँ दुलही बनेर आइन् । मुम्बईमा रहन्थे पति । कारखाना मजदुर थिए । तीनवर्षमै उनको निधन भयो । बिरामी भइरहन्थे, मरे । गरिबको मृत्युको कहाँ हिसाब राखिन्छ र ? पति मरे, बालबच्चा पनि भएन । अब गाउँमा सहयोग गर्ने पनि कोही भएनन् । रासन कार्ड र विधवा भत्ताका लागि महिला धाउन थालिन् । सहुलियत कार्ड भए बाँच्न सकिन्थ्यो । गाउँकै एउटा जानकारसँग मदत मागिन् । उनले गाउँका प्रधानलाई भेट्टाए । प्रधानले सचिवलाई भेट्टाइ ।
सरकारी कार्यालयमा अरु बिचौलिया पनि हुन्छन् । सबैले काम हुन्छ भने र मागे थोरै घुस । एउटा विधवा गरिबसँग के हुन्छ र घुस दिन ? सबैले हाकाहाकी भने, ‘काम गर्ने भए हामीसँग सुत्न पर्छ ।’ मान्छे बाध्यतामा परेपछि बाँच्नलाई के गर्दैन ? उनले एउटै विकल्प त्यही देखिन् र सम्बन्ध राखिन् । र, गाउँका १३ जना जसलाई एड्स भएको छ, यी सबै तिनै हुन्, जसले रासन कार्ड र विधवा भत्ताका लागि यिनलाई शोषण गरिरहे ।
‘घुस त जे हुन्छ, त्यही दिने हो’
पहिले नै भनिएको थियो कि, मुम्बईमा रहने पति बिरामी भइरहन्थे, मरे । कसैले चासो दिएनन् । तर पतिले मर्नुअघि २७ वर्षीया पत्नीलाई छोराछोरी त दिन सकेनन् नै दिएका रहेछन् एड्स । तीन वर्षसम्म १३ समाजसेवीले विधवासँग सम्बन्ध बनाइरहे । उनीले पनि आफूसँग भएको ‘घुस’ दिइरहिन् । एक जना, दुई जना होइन, १३ जना खुशी थिए । तीन महिनाअघि उनी बिरामी परिन् । प्रधानलाई भनिन् । प्रधानले उपचार गराए । तर कम भएन बिरामी । डाक्टरकहाँ गएर रगत जचाइयो । र, प्रधानकै होस उड्यो । महिलालाई त एड्स रहेछ ।
उनीसँग सम्बन्ध राख्ने सबै आत्तिए । अर्को मेडिकल कलेजमा गएर दोस्रोपटक रगत जचाइयो, त्यहाँ पनि रिपोर्टमा एड्स देखियो । यसपछि घुस लिइरहेका १३ जनाले पालैपालो रगत जचाए, सबैलाई एड्स थियो । अर्थात् एउटा अबला नारीलाई शोषण गर्नेहरुले पनि घुस लिएको लुकाउनै मिलेन ।
गाउँभर हल्ला मच्चियो । जजसले महिलालाई शोषण गरेका थिए, सबैमा एड्स भेटियो । केही किलो अन्नका लागि १३ जनासँग सुत्नप¥यो महिलाले । यो घटनाले भारतमा घुसविना काम नै हुँदैन भन्ने पुष्टि गरेको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












