एउटी गरिब महिलासँग ‘घुस’ लिँदा १३ जनालाई सर्यो एड्स
एजेन्सी, १७ माघ । एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स लाग्यो भन्दा पत्यार नलाग्न सक्छ । तर यो घटना छिमेकी देश भारतको हो । भारतको गोरखपुर जिल्लाको भटहट गाउँकी एक गरिब महिलाले आफुसँग घुस माग्नेहरुलाई बदलामा एड्स दिएकी छन् ।
ती महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन खोज्दा कर्मचारीले घुस मागे । आफु गरिब भएको तर राज्यले दिने अधिकार माग्न खोज्दा कर्मचारीहरुले घुस मागे । गरिब महिलासँग घुस माग्न खोज्दा उनले पैसा कताबाट दिन सक्थिन र । पैसा दिन नसक्ने भए आफुसँग शारीरिक सम्बन्ध राख्न बाध्य भईन् ।
फलस्वरुप आफुसँग यौनसम्पर्क राख्नेहरुलाई एड्स पनि दिईन् । घुस लिँदा कसरी एड्स हुन्छ भन्नुहोला, तर यहाँ एकजनालाई होइन, १३ जनालाई एड्स भइसकेको छ । त्यतिमात्र होइन भारतमा सुशासन सुध्रियो, गरिबको दिन आयो भनेर मोदी सरकारले लगाउने नारामै मोसो दलिएको छ ।
‘काम त हुन्छ तर सुत्नुपर्छ’
६ वर्षअघि भटहट गाउँमा २४ वर्षीया महिला नयाँ दुलही बनेर आइन् । मुम्बईमा रहन्थे पति । कारखाना मजदुर थिए । तीनवर्षमै उनको निधन भयो । बिरामी भइरहन्थे, मरे । गरिबको मृत्युको कहाँ हिसाब राखिन्छ र ? पति मरे, बालबच्चा पनि भएन । अब गाउँमा सहयोग गर्ने पनि कोही भएनन् । रासन कार्ड र विधवा भत्ताका लागि महिला धाउन थालिन् । सहुलियत कार्ड भए बाँच्न सकिन्थ्यो । गाउँकै एउटा जानकारसँग मदत मागिन् । उनले गाउँका प्रधानलाई भेट्टाए । प्रधानले सचिवलाई भेट्टाइ ।
सरकारी कार्यालयमा अरु बिचौलिया पनि हुन्छन् । सबैले काम हुन्छ भने र मागे थोरै घुस । एउटा विधवा गरिबसँग के हुन्छ र घुस दिन ? सबैले हाकाहाकी भने, ‘काम गर्ने भए हामीसँग सुत्न पर्छ ।’ मान्छे बाध्यतामा परेपछि बाँच्नलाई के गर्दैन ? उनले एउटै विकल्प त्यही देखिन् र सम्बन्ध राखिन् । र, गाउँका १३ जना जसलाई एड्स भएको छ, यी सबै तिनै हुन्, जसले रासन कार्ड र विधवा भत्ताका लागि यिनलाई शोषण गरिरहे ।
‘घुस त जे हुन्छ, त्यही दिने हो’
पहिले नै भनिएको थियो कि, मुम्बईमा रहने पति बिरामी भइरहन्थे, मरे । कसैले चासो दिएनन् । तर पतिले मर्नुअघि २७ वर्षीया पत्नीलाई छोराछोरी त दिन सकेनन् नै दिएका रहेछन् एड्स । तीन वर्षसम्म १३ समाजसेवीले विधवासँग सम्बन्ध बनाइरहे । उनीले पनि आफूसँग भएको ‘घुस’ दिइरहिन् । एक जना, दुई जना होइन, १३ जना खुशी थिए । तीन महिनाअघि उनी बिरामी परिन् । प्रधानलाई भनिन् । प्रधानले उपचार गराए । तर कम भएन बिरामी । डाक्टरकहाँ गएर रगत जचाइयो । र, प्रधानकै होस उड्यो । महिलालाई त एड्स रहेछ ।
उनीसँग सम्बन्ध राख्ने सबै आत्तिए । अर्को मेडिकल कलेजमा गएर दोस्रोपटक रगत जचाइयो, त्यहाँ पनि रिपोर्टमा एड्स देखियो । यसपछि घुस लिइरहेका १३ जनाले पालैपालो रगत जचाए, सबैलाई एड्स थियो । अर्थात् एउटा अबला नारीलाई शोषण गर्नेहरुले पनि घुस लिएको लुकाउनै मिलेन ।
गाउँभर हल्ला मच्चियो । जजसले महिलालाई शोषण गरेका थिए, सबैमा एड्स भेटियो । केही किलो अन्नका लागि १३ जनासँग सुत्नप¥यो महिलाले । यो घटनाले भारतमा घुसविना काम नै हुँदैन भन्ने पुष्टि गरेको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












