प्रधानन्यायाधीशबाट सुरक्षा खतरा भएको भन्दै डा. केसीका वकिलद्धारा सुरक्षा माग
काठमाडौं, १७ माघ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन्। भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।
प्रधानन्यायाधीशबाट आफ्नो ज्यानमा ‘खतरा’ भएकाले सुरक्षा माग्दै बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन्। डा. गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछि अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्।
बुधवार बिहान जिल्ला प्रशासनमा जिउज्यानको सुरक्षा माग्दै आफूले निवेदन दिएको भण्डारीले जानकारी दिए । सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद्दा लगाएपछि भण्डारीले केसीको मुख्य वकिलको रूपमा बहस गरेका थिए।
बहस सकिएकै दिन पुस २६ गते साँझ ५ः३० बजे पराजुलीले फोन गरेर आफूलाई ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको भण्डारीले बताए। गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए। ‘बहसको दिन उहाँले मारिदिन्छु नै भनेर मलाई फोनमा धम्क्याउनु भयो। त्यसपछि पनि उहाँले फोन गरेर निकै धम्की दिनुभो। हिजो मात्र मेरो अफिसमा दुईचार जना मानिस आएर मलाई खोजेछन्। उनीहरू हामीले जान्या छ खै सुरेन्द्र भण्डारी भन्दै आएका थिए भनेर साथीहरूले सुनाए। अरुसँग मेरो केही दुस्मनी छैन तर प्रधानन्यायाधीशले भने फोनमा धम्क्याएकोले मैले जिप्रकामा अहिले सुरक्षा माग्दै निवेदन दिएको हुँ, ‘ भण्डारीले भने।
गोविन्द केसीद्धारा प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी मागः
यसैबिच केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् ।
उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका हुन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












