प्रधानन्यायाधीशबाट सुरक्षा खतरा भएको भन्दै डा. केसीका वकिलद्धारा सुरक्षा माग
काठमाडौं, १७ माघ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन्। भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।
प्रधानन्यायाधीशबाट आफ्नो ज्यानमा ‘खतरा’ भएकाले सुरक्षा माग्दै बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन्। डा. गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछि अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्।
बुधवार बिहान जिल्ला प्रशासनमा जिउज्यानको सुरक्षा माग्दै आफूले निवेदन दिएको भण्डारीले जानकारी दिए । सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद्दा लगाएपछि भण्डारीले केसीको मुख्य वकिलको रूपमा बहस गरेका थिए।
बहस सकिएकै दिन पुस २६ गते साँझ ५ः३० बजे पराजुलीले फोन गरेर आफूलाई ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको भण्डारीले बताए। गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए। ‘बहसको दिन उहाँले मारिदिन्छु नै भनेर मलाई फोनमा धम्क्याउनु भयो। त्यसपछि पनि उहाँले फोन गरेर निकै धम्की दिनुभो। हिजो मात्र मेरो अफिसमा दुईचार जना मानिस आएर मलाई खोजेछन्। उनीहरू हामीले जान्या छ खै सुरेन्द्र भण्डारी भन्दै आएका थिए भनेर साथीहरूले सुनाए। अरुसँग मेरो केही दुस्मनी छैन तर प्रधानन्यायाधीशले भने फोनमा धम्क्याएकोले मैले जिप्रकामा अहिले सुरक्षा माग्दै निवेदन दिएको हुँ, ‘ भण्डारीले भने।
गोविन्द केसीद्धारा प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी मागः
यसैबिच केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् ।
उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका हुन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












