देउवाले आर्थिक भार पर्ने खालका निर्णय गर्न थालेपछि अर्थ मन्त्रालयद्धारा हस्तक्षेप
काठमाडौं, १७ माघ । पछिल्लो समय काम चलाउ बनेको वर्तमान सरकार धमाधम नयाँ नयाँ निर्णय गर्नमा व्यस्त रहेको छ । काम चलाउ बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मनपरी ढंगले निर्णयहरु गर्न थालेपछि कर्मचारीहरु रुष्ट बनेका छन् ।
अर्थमन्त्रालयले त दीर्घकालिन भार पर्ने गरि मन्त्रालयहरुले मन्त्रीपरिषद्धारा मनपरी निर्णय गराउन थालेको भन्दै त्यसमा अंकुश लगाउने निर्णय गरेको छ। अर्थले सबै मन्त्रालयलाई पत्र पठाउँदै पूर्व स्वीकृति बिना कार्यक्रम पास गराए त्यसको आर्थिक दायित्व आफूले नलिने जानकारी गराएको हो।
बजेटमा रहेको कार्यक्रम बाहिर गएर कुनै योजना अगाडि सार्नु परे पहिले अर्थमन्त्रालयको स्वीकृति लिन पत्रमा भनिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले आर्थिक कार्यविधि ऐनको हवाला दिँदै सबै मन्त्रालयलाई पत्र लेखेको हो। केही दिनअघि प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो प्रस्तावमा बृद्ध भत्ता दिने उमेर ७० बाट घटाएर ६५ मा झार्ने निर्णय भएको थियो। यसबाट मात्र करिव १५ अर्ब २९ करोड रुपैयाँ अतिरिक्त भार राज्यलाई परेको छ।
त्यस्तै स्पाइनल इन्जुरी, क्यान्सर र मृर्गौला लगायतका जटिल रोगका लागि पाँच हजार मासिक भत्ता दिने निर्णयसमेत गरिएको थियो। स्वास्थ्य मन्त्री दीपक वोहोराको ठाडो आदेशमा क्याबिनेटले जटील रोगका लागि निर्वाह भत्ता दिने निर्णयबाट राज्य कोषमा ६ महिनाका लागि मात्रै ५४ करोड दायित्व थपिएको छ। यसको बार्षिक भार एक अर्ब ८ करोड रुपैयाँ हुन्छ।
सरकारले भुकम्पबाट क्षति भएका परिवारलाई एक लाख थप अनुदान दिने निर्णय गरेको छ। यसले गर्दा ७६ अर्ब ७७ करोड रुपैयाँ दायित्व भार बढेको छ। यससँगै बाढिबाट नस्ट भएका घरधनीलाई भुकम्प पीडित सरह ४ लाख अनुदान दिने निर्णय गरेको छ। यसले १६ अर्ब ६५ करोड भार थपिएको छ।
कामचलाउ अवस्थामा रहेको सरकारले मनपरी ढंगबाट पैसा बाँड्ने स्किम ल्याउन थालेपछि अर्थ मन्त्रालयले कडाई गरेको हो । अर्थको उक्त निर्णयले देउवा सरकारले अब उप्रान्त गर्ने निर्णयमा असर पर्नेछ । आर्थिक भार पर्ने खालका कुनै पनि निर्णय गर्दा अब भने देउवालाई अप्ठ्यारो हुनेछ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











