गरुड़ पुराणमा लुकेका मृत्युसँग जोडिएको रहस्य, यसरी हुन्छ नर्क वा स्वर्गमा हिसाब-किताब
एजेन्सी, १९ माघ । ‘गरुड़ पुराण’ मा जीवन, मुत्यु तथा कर्मफलका बारेमा धेरै जान्ने वा पढ्ने मौका मिल्छ । यही कारण यसको ज्ञान प्राप्त गर्नको लागि घरमा कुनै सदस्यको मृत्यु भएमा हामी, जन्म, मृत्युसँग जोडिएका सबै सत्य जान्नको लागि गरुड पुराणको पाठ लगाउने गर्दछौं ।
१८ पुराणमा ‘गरुड़ महापुराण’ को आफ्नो एक विशेष महत्व हो । किनकी यसलाई देव स्वयं विष्णु मानिन्छ, यसैकारण वैष्णव पुराण हो । यो पुराणमा मुख्य रुपमा मृत्युसँग जोडिएका धेरै रहस्यका बारेमा जानकारी हुन्छ । आउनुहोस्, आज हामी तपाईलाई ती रहस्य जानकारी गराउँछौं ।
विष्णुका २४ अवतारको बारेमा वर्णनः
‘गरुड़ पुराण’ मा भगवान विष्णुको भक्तिको विस्तार रुपमा वर्णन गरिएको छ । विष्णुका २४ अवतारको बारेमा वर्णन गरिएको छ । यसका साथसाथै शक्तिका बारेमा समेत उल्लेख गरिएको पाईन्छ ।
२ भागमा बाडिएको छ गरुड पुराणः
‘गरुड़ पुराण’ मा २९ हजार श्लोक भनिन्छ, तर वर्तमान समयमा ७ हजार श्लोक मात्रै उपलब्ध छन् । यो पुराणलाई दुई भागमा राखेर हेरिन्छ । पहिलो भागमा विष्णुको भक्ति तथा उपासानाको विधि उल्लेख गरिएको तथा मृत्युपछि प्रायः ‘गरुड़ पुराण’ का सुन्ने प्रवन्ध हुन्छ । दोस्रो भागमा नर्कमा जाने जीवहरुको बारेमा वृत्तान्त वर्णन गरिएको छ ।
जीवन तथा मुत्यु चक्रः
यो ग्रन्थमा मृत्यु पश्चातका घटनाहरु, प्रेत लोक, यम लोक, नरक तथा ८४ लाख योनियोका नरक स्वरुपी जीवन आदिका बारेमा विस्तृत रुपमा बताएको छ ।
चार किसिमका आत्माहरुः
पृथ्वीमा चार प्रकारका आत्माहरु पाईन्छन् । कोही व्यक्ति यस्ता हुन्छन्, जो राम्रो तथा नराम्रो भाव अनुसार परेका हुन्छन् । यस्ता आत्माहरुको पुनः जन्म लिने आवश्यकता हुदैंन् । यस प्रकारका कोही मानिस हुन्छन्, जुन राम्रो तथा नराम्रो प्रति समतुल्य हुन्छन् । यसको मतलब दुवै समान भावमा देखिन्छन् ।
तर तेस्रो प्रकारका मानिस यस्ता हुन्छन्, जो साधारण प्रकारका हुन्छन्, जुनमा राम्रो पनि हुन्छन्, नराम्रो पनि हुन्छन् । दुवैका मिश्रण हुन्छन्, उनको व्यक्तित्व यस्तो साधारण प्रकारका मानिस आफ्नो मृत्यु भएपछि तत्काल कुनै कुनै गर्भको उपलब्ध हुन्छन् । कुनै कुनै मानिसको शरीरको प्राप्त गर्न सक्छन् ।
सजाय तथा यातनाः
अधिकांश मानिसको मन मस्तिष्कमा प्रश्न आउछ की मृत्युपछि के हुन्छ ? यसलाई पनि तीन अवस्थामा विभाजन गरिएको छ । पहिलो अवस्थामा मानिसको समस्त राम्रो नराम्रो कर्मको फल यही जीवनमा प्राप्त हुन्छ ।
दोस्रो अवस्थामा मृत्युपछि मानिस विभिन्न ८४ लाख परिजिवमध्ये कुनै कुनै एक आफ्नो कर्मअनुसार जन्म लिन्छन् । तेस्रो अवस्थामा आफ्नो कर्म अनुसार स्वर्ग वा नर्कमा जान्छन् । गरुड़ पुराणको दोस्रो अध्यायमा प्रेतकाल वा नर्कमा जाँदा जीवनमा गरेका पाप अनुसार यमराजले के सजाय वा यातना दिन्छन्, भन्नेबारे जानकारी दिईएको छ । यसमा केही सजायका बारेमा जानकारी दिएका छौं ।
तामिस्र
अपराधः जो मानिस दोस्राको सम्पत्तिमाथि कब्जाको प्रयास गर्छन्, जस्तो की चोरी, डकैती उनीहरुलाई तामिस्रमा यमराजले सजाय दिन्छन् ।
दण्डः यो नर्कमा मानिसहरुको पट्टि तथा मुग्दरोमा पिटाई हुन्छ । यो पिटाई तबसम्म गर्छन्, जबसम्म पीडितले रगत ननिकलेसम्म वा बेहोश न भएसम्म ।
अन्धामित्रम
अपराधः जो पति पत्नी आफ्नो सम्बन्धको ईमानदारीसँग निभाउन सक्दैनन् वा एक अर्काको धोका दिन्छन् । यस्तालाई अन्धामित्रम सजाय दिईन्छ ।
दण्डः अन्धामित्रममा तामिस्र जसरी नै पीडा दिईन्छ । तर यसमा पीडितलाई डोरीले जबसम्म बेहोस हुदैंन तबसम्म बान्धछन् ।
राउरवम
अपराधः जो मानिस अर्काको सम्पत्ति वा सामानमा मजा लिन्छन् ।
दण्डः राउरवममा खतरनाक सर्पले सजाय दिईन्छ । जहाँ रुरु नाम गरेकी नागिन तबसम्म सजाय दिन्छिन्, जबसम्म उसको समय समाप्त हुँदैन् ।
महाररूरण
अपराधः कुनै अरु व्यक्तिको सम्पत्ति नष्ट गर्नु, कसैको सम्पत्तिमाथि अवैध कब्जा गर्नु, अर्काको अधिकार खोस्नु वा अरुको परिवारको सखाप पार्नु ।
दण्डः विषालु सर्पबाट टोकाईन्छ ।
कुम्भीपाकमः
अपराधः मजा लिनको लागी जनावरहरुको हत्या,
दण्डः नर्कमा तातौ तेलको भाँडामा यस्ता ब्यक्तिलाई हालेर उमालिन्छ ।
असितपात्रः
अपराधः आफ्ना कर्तव्यको परित्याग गर्नु, भगवानको आदेशको नमान्नु तथा धर्म प्राथनाको उल्लंघन गर्नु,
दण्डः आसिपत्रबाट बनेको चाबुकले मार्नु, चाकूले तबसम्म मारिन्छ, जबसम्म उक्त व्यक्ति बेहोश हुदैंन् ।
सुकरममुखम:
अपराधः कर्तव्यको त्याग गर्नु, कुशासनद्वारा आफ्ना आफन्तहरुलाई सताउनु, निर्दोष मानिसलाई दुःख दिनु तथा गैरकानूनी गतिविधि गर्न बाध्य बनाउनु,
दण्डः यस्ता व्यक्तिको कुनै बस्तुले कुल्चिने, तथा जनावरहरुका ठूला दाँतले पिसेर सजाय दिईन्छ ।
अन्धकूपमः
अपराधः आफु बलियो हुँदा हुँदै वा आफुसँग साधन हुँदाहुँदै पनि सहायता नगर्नु वा राम्रो मान्छेमाथि अत्याचार गर्नु,
दण्डः जंगली जनावरहरुको बीचमा छोडिन्छ । बाघ, सर्प तथा बिच्च्छि जस्ता विषालू जीवको विचमा फालिन्छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












