के तपाईमा यौन अंग चिलाउने समस्या छ ? हो भने यी घरेलु उपाय अपनाउनुहोस्
एजेन्सी । महिलाहरु आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।
योनी चिलाउने कारणहरु
१. तनावः सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनी चलाउँछ ।
२. यिस्ट संक्रमणः योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दही जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ । मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भावना वढी हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।
३. सुख्खा छालाः सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरीको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।
४. यौन संक्रमणः धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभइ योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनीमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ ।
योनी चिलाउने समस्याको निम्न घरेलु विधि अपनाउन सकिन्छ:
१. सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा पर्दछ । यदि धेरै जनासँग यौन सम्पर्कले यस्त समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ ।
२. कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले भो भने त्यस्तो कार्य गर्नु हुँदैन ।
३. बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ ।
४. सुतिको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ ।
५. चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने ।
६. योनि सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने ।
७. सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











