राजधानीको नाकैमुनि सरकारी स्कुलको यस्तो हालत, बगरको ढुंगामा बसेर पढ्न बाध्य
धुलिखेल, २१ माघ । सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएकाले त्यसरी पढ्न बाध्य भएका हुन् ।
त्यहाँका ३५ घरधुरी रहेको बस्तीमा अधिकांश दलित बस्तीका बालबालिका त्यसरी खुल्ला बगरको ढुंगामाथि बसेर बढ्दै आएको सात वर्ष बितेको शिक्षिका वर्षा विकले बताउनुभयो । “हाम्रो यो दलित बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय नभएको र भएका विद्यालयमा जान एक घण्टाको बाटो हिँडेर जानुपरेका कारण यहाँका अभिभावकले सानो टहरा बनाएर माटोखानी बालज्योति विद्यालय स्थापना गरेका हुन्”, उहाँले भन्नुभयो ।
दिनको तीन घण्टा पढाइ हुने सो विद्यालयमा ३३ दलित बालबालिकाले अध्ययन गर्दै आइरहेका छन् । त्यहाँ अध्ययन गर्ने बालबालिका घरबाट आधा घण्टाको बाटो हिँडेर दिनभरि बगरको विद्यालयमा माटो, धुलो र खोलाको स्याँठको मुकाबिला गर्दै पढ्दै आइरहेका हुन् ।
मासिक रु दुई हजार ५००मा पढाउँदै आउनुभएका शिक्षिका विकले भन्नुभयो, “यहाँका पिछडिएको समुदायका बालबालिकाको भविष्यको सहयोग गरौँ भन्ने उद्देश्यले थोरै रकममा पनि साढे दुई वर्षदेखि पढाउँदै आइरहेकी छु । ” उहाँले भन्नुभयो, “विद्यालय बनाउने संस्था भयो भने राम्रो हुन्थ्यो । पानी गर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुसमुकुस हुने तर हावा चल्दा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यताले कहिलेकाहीँ त बालबालिका बिरामी भएर घर फर्कन्छन् त्यसैले मैले गरेर हुन्छ भने गरौँन भनेर नै यस्तै ठाउँमा पढाउँदै आइरहेकी छु ।”
विद्यालयमा पढ्नका लागि बालबालिकालाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, बेलुका घर फर्कंदा धुलोमैलो भएर आउँछन्, साविक गाविस हुँदा विद्यालयका लागि वार्षिक रु ४० हजार छुट्याइएको र त्यहीबाट शिक्षकलाई तलब खुवाउने र विद्यालयका लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च ग¥र्यौं” उहाँले भन्नुभयो, “त्यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ।”
स्रोत केन्द्रका स्रोतव्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेकाले धेरै समयपछि विद्यालयकै लागि भनेर यसै आर्थिक वर्र्षमा वडा कार्यालयबाट रु एक लाख बजेट छुट्याउने निर्णय भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संसरसिंह घिसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट सहयोग दिए पनि पछिल्लो समयमा बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताउनुभयो । घिसिङले भन्नुभयो, “साना बालबच्चा अन्य विद्यालयमा पनि गएर पढ्न नसक्ने भएका कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छोडे पनि हामी अभिभावक मिलेर जेनतेन चलाइरहेका छौँ ।” पछिल्लो अवस्थामा राहत पाएको दुई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाइरहेको उहाँको भनाइ छ ।
सो वडाका वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले बालबालिकाको समस्या देखेर नै वडाबाट बजेट छुट्याएको बताउनुभयो । हामीले केहीमात्रामा सहयोग पुगोस् भनेर यसपालि म वडाध्यक्ष भएपछि रु एक लाख बजेट छुट्याएको छु, उहाँले भन्नुभयो ।
विद्यालय स्वीकृत भएको छैन– निरीक्षक बराल
त्यसरी सञ्चालनमा रहेको विद्यालय शिक्षा कार्यालयबाट स्वीकृति नपाएको जनाइएको छ । उक्त कार्यालयका विद्यालय निरीक्षक नवराज बरालले भन्नुभयो , “त्यो नामको विद्यालय हाम्रो शिक्षा कार्यालयमा नै स्वीकृत छैन, त्यसबारेमा आवश्यकताका आधारमा के गर्न सकिन्छ बुझेर प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।”
सरकारले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर नीतिसहित विद्यालयमा स्वागत कार्यक्रम ल्याउनेदेखि दलित, अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकालाई भत्तासहित दिने गरेका छन् । तर यहाँका विद्यालय र बालबालिकाले भने त्यो सुविधा पाउन त के सुन्नसमेत नपाएको अभिभावकको गुनासो छ । रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











