यी हुन् श्रीमतीलाई यौनसम्पर्कका लागि आकर्षित गर्ने पाँच तरिका
काठमाडौं, २२ माघ । हुन त हाम्रो समाजमा श्रीमान् श्रीमतीबीच अनिवार्य यौनसम्पर्क हुन्छ भन्ने विश्वास गरिन्छ । उनीहरुले सहवास गर्न कुनै पनि मेहनत गर्नुपर्दैन । जब सम्भोग गर्न मन लाग्छ गर्न पाइन्छ भन्ने सोच पनि नभएको होइन । झन हिन्दूधर्ममा त श्रीमान् श्रीमतीबीच सृष्टिको निरन्तरता गर्नलाई यौनसम्पर्क अनिवार्य भनिएको छ । तर यौनसम्पर्कलाई केवल सृष्टि निरन्तरता गर्ने हिसावले आधुनिक युगमा लिन छाडिएको छ ।
यौनलाई प्रेम आनन्द र जीवनशैलीको रुपमा हेर्न थालिएको छ । जबर्जस्ती यौनसम्पर्क गर्दा सम्बन्धमा खल्लोपना आउने तथा एक अर्कासँग समय बिताउन मन नलाग्ने पनि हुनसक्छ । आजभोलि त श्रीमानले श्रीमतीको इच्छाविपरीत हुने सम्भोगलाई वैवाहिक बलात्कार भनेर नाम समेत दिइएको छ । श्रीमती बलात्कारीको आरोपबाट जोगिन र सम्भावित बलात्कार हुनबाट जोगिन यी उपायहरु अपनाउन सकिन्छ ।
१. सकारात्मक प्रतिक्रिया गर्न थाल्नुहोस्ः
श्रीमतीलाई सँधै गाली गरिरहनु हुन्छ वा उनलाई कमजोर वा केही नजान्ने भनेर भनिरहनुहुन्छ भने तपाईंप्रति तपाईंकी श्रीमतीको आकर्षण घट्दै जाने सम्भावना हुन्छ र आर्कषण घट्दै जानुको कारण यौनसम्पर्कमा मन जान छाड्छ । त्यसैले उनको तारिफ गर्नुस् । उनी हरेक कुराहरु तपाईंभन्दा राम्रोसँग गर्न सक्दिनन् भन्ने भावना मनबाट निकाल्नुहोस् ।
२. घरको काममा ध्यान दिनुहोस्ः
तपाईं यो सोच्न छाडिदिनुहोस् की घरको काम गर्ने जिम्मेवारी श्रीमतीको मात्र हो भनेर । अचेल कामकाजी महिलाहरुलाई घर तथा कार्यालयको वातावरण मिलाउन हम्मे हम्मे परेको हुन्छ। अझ सानो बच्चा पनि छ भने उनको दिमागबाट यौन त आफै हराएर जान्छ । किनकी यो भन्दा पनि महत्वपूर्ण उनको जिन्दगीमा बच्चा, खानापिना र कार्यालयको काम हुने गर्दछ । त्यसकारण यदि तपाईं उनीसँग यी सवै कामको बाबजुद पनि यौनसम्पर्कका लागि समय निकालिदियोस् भन्ने चाहनुहुन्छ भने घरको काममा हात लगाउने बानी लगाउनु होस् । भान्सामा तरकारी काट्ने, खाना पकाउन सघाउने, सरसफाइमा सघाउने जस्ता काम गर्दा तपाईंप्रति उनको अगाढप्रेम स्वतः बढ्छ । बच्चालाई खान खुवाउने, फोहोर गरेको छ भने सफा गरिदिने गर्न थाल्नु भयो भने महिलाहरु तपाईंसँग आकर्षित भइरहन्छन् । यस्ता पुरुषलाई महिलाहरुले आदर्श पुरुषको रुपमा सम्मान गर्दछन् ।
३. अंगालो हाल्न सुरु गर्नुुस्ः
उनीसँग भेट्दा वा अलग हुँदा अंगालो हाल्ने बानी बसाल्नुस् । ओछ्यानमा आएपछि अलि कसिलो अंगालो हाल्नुहोस् । यसले उनलाई तपाईप्रति आकर्षित गर्दछ । यस्तो पनि हुन सक्छ कि यौनसम्पर्कका लागि उनी आफै सुरुवात गर्न थाल्नेछिन् । यदि उनले आफै शुरु गरिन् भने कहिले पनि मौका नगुमाउनुहोस् । उनको यौनइच्क्षालाई सम्मान गर्नुहोस् । यसलाई छाडाको संज्ञा नदिनुहोस् ।
४. सम्भोगको अवधिमा जिस्किरहनुहोस वा शरीरलाई एकदमै नजिक राख्नुहोस्ः
चुपचाप यौनसम्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किनुहोस् । उनको शरीरलाई अनावश्यकरुपमा पीडा नदिनुहोस् । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पार्नुहोस् । यसले यौनसम्पर्कमा थप रोमान्स थप्ने गर्छ । र, यही रोमान्स प्राप्ति गर्नकै लागि उनलाई तपाईसँग सम्भोगको निम्ति लालायित गराउँछ ।
५. उनको शरीरको तारीफ गर्नुहोस्ः
जव यौनसम्पर्क गर्न थाल्नुहुन्छ यो भन्न छाडिदिनु होस् की, तिम्रो स्तन कति झोलिएको ? तिम्रो शरीर किन यति गिलो ? यो कति नराम्रो दाग ? तिमीले म वाहेक अरुसँग सहवास त गरेकी छैनौं नि आदि इत्यादि । यी कुराले उनीमा निराशा जगाउँछ । त्यसैले यौनसम्पर्क झर्किलो बन्दछ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











