यी हुन् श्रीमतीलाई यौनसम्पर्कका लागि आकर्षित गर्ने पाँच तरिका
काठमाडौं, २२ माघ । हुन त हाम्रो समाजमा श्रीमान् श्रीमतीबीच अनिवार्य यौनसम्पर्क हुन्छ भन्ने विश्वास गरिन्छ । उनीहरुले सहवास गर्न कुनै पनि मेहनत गर्नुपर्दैन । जब सम्भोग गर्न मन लाग्छ गर्न पाइन्छ भन्ने सोच पनि नभएको होइन । झन हिन्दूधर्ममा त श्रीमान् श्रीमतीबीच सृष्टिको निरन्तरता गर्नलाई यौनसम्पर्क अनिवार्य भनिएको छ । तर यौनसम्पर्कलाई केवल सृष्टि निरन्तरता गर्ने हिसावले आधुनिक युगमा लिन छाडिएको छ ।
यौनलाई प्रेम आनन्द र जीवनशैलीको रुपमा हेर्न थालिएको छ । जबर्जस्ती यौनसम्पर्क गर्दा सम्बन्धमा खल्लोपना आउने तथा एक अर्कासँग समय बिताउन मन नलाग्ने पनि हुनसक्छ । आजभोलि त श्रीमानले श्रीमतीको इच्छाविपरीत हुने सम्भोगलाई वैवाहिक बलात्कार भनेर नाम समेत दिइएको छ । श्रीमती बलात्कारीको आरोपबाट जोगिन र सम्भावित बलात्कार हुनबाट जोगिन यी उपायहरु अपनाउन सकिन्छ ।
१. सकारात्मक प्रतिक्रिया गर्न थाल्नुहोस्ः
श्रीमतीलाई सँधै गाली गरिरहनु हुन्छ वा उनलाई कमजोर वा केही नजान्ने भनेर भनिरहनुहुन्छ भने तपाईंप्रति तपाईंकी श्रीमतीको आकर्षण घट्दै जाने सम्भावना हुन्छ र आर्कषण घट्दै जानुको कारण यौनसम्पर्कमा मन जान छाड्छ । त्यसैले उनको तारिफ गर्नुस् । उनी हरेक कुराहरु तपाईंभन्दा राम्रोसँग गर्न सक्दिनन् भन्ने भावना मनबाट निकाल्नुहोस् ।
२. घरको काममा ध्यान दिनुहोस्ः
तपाईं यो सोच्न छाडिदिनुहोस् की घरको काम गर्ने जिम्मेवारी श्रीमतीको मात्र हो भनेर । अचेल कामकाजी महिलाहरुलाई घर तथा कार्यालयको वातावरण मिलाउन हम्मे हम्मे परेको हुन्छ। अझ सानो बच्चा पनि छ भने उनको दिमागबाट यौन त आफै हराएर जान्छ । किनकी यो भन्दा पनि महत्वपूर्ण उनको जिन्दगीमा बच्चा, खानापिना र कार्यालयको काम हुने गर्दछ । त्यसकारण यदि तपाईं उनीसँग यी सवै कामको बाबजुद पनि यौनसम्पर्कका लागि समय निकालिदियोस् भन्ने चाहनुहुन्छ भने घरको काममा हात लगाउने बानी लगाउनु होस् । भान्सामा तरकारी काट्ने, खाना पकाउन सघाउने, सरसफाइमा सघाउने जस्ता काम गर्दा तपाईंप्रति उनको अगाढप्रेम स्वतः बढ्छ । बच्चालाई खान खुवाउने, फोहोर गरेको छ भने सफा गरिदिने गर्न थाल्नु भयो भने महिलाहरु तपाईंसँग आकर्षित भइरहन्छन् । यस्ता पुरुषलाई महिलाहरुले आदर्श पुरुषको रुपमा सम्मान गर्दछन् ।
३. अंगालो हाल्न सुरु गर्नुुस्ः
उनीसँग भेट्दा वा अलग हुँदा अंगालो हाल्ने बानी बसाल्नुस् । ओछ्यानमा आएपछि अलि कसिलो अंगालो हाल्नुहोस् । यसले उनलाई तपाईप्रति आकर्षित गर्दछ । यस्तो पनि हुन सक्छ कि यौनसम्पर्कका लागि उनी आफै सुरुवात गर्न थाल्नेछिन् । यदि उनले आफै शुरु गरिन् भने कहिले पनि मौका नगुमाउनुहोस् । उनको यौनइच्क्षालाई सम्मान गर्नुहोस् । यसलाई छाडाको संज्ञा नदिनुहोस् ।
४. सम्भोगको अवधिमा जिस्किरहनुहोस वा शरीरलाई एकदमै नजिक राख्नुहोस्ः
चुपचाप यौनसम्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किनुहोस् । उनको शरीरलाई अनावश्यकरुपमा पीडा नदिनुहोस् । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पार्नुहोस् । यसले यौनसम्पर्कमा थप रोमान्स थप्ने गर्छ । र, यही रोमान्स प्राप्ति गर्नकै लागि उनलाई तपाईसँग सम्भोगको निम्ति लालायित गराउँछ ।
५. उनको शरीरको तारीफ गर्नुहोस्ः
जव यौनसम्पर्क गर्न थाल्नुहुन्छ यो भन्न छाडिदिनु होस् की, तिम्रो स्तन कति झोलिएको ? तिम्रो शरीर किन यति गिलो ? यो कति नराम्रो दाग ? तिमीले म वाहेक अरुसँग सहवास त गरेकी छैनौं नि आदि इत्यादि । यी कुराले उनीमा निराशा जगाउँछ । त्यसैले यौनसम्पर्क झर्किलो बन्दछ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












