महिला तथा बालिकालाई दुर्व्यवहार गर्ने चिकित्सकलाई ३ सय ६० वर्षको जेल सजाय
एजेन्सी, २३ माघ । अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारलाई ३ सय ६० वर्षको जेल सजाय सुनाईएको छ । एक दशकदेखि महिला तथा बालिकालाई दुर्व्यवहार गर्दै आएको अभियोगमा नासारलाई ३ सय ६० वर्षको जेल सजाय सुनाईएको हो ।
पछिल्लो पटक आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी करिब २ सय ६५ जनालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई १ सय २५ वर्षसम्मको जेल सजाय सुनाइएको छ ।
यसअघि १ सय ५६ जनालाई दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि मिचिगनस्थित इन्घाम काउन्टी अदालतकी न्यायाधिश रोजमेरी एक्वेलिनाले ४० देखि १ सय ७५ वर्षसम्मको जेल सजायको फैसला सुनाएकी थिइन्। ५४ वर्षीय नासार बालबालिकामाथि गरिएका यौन दुर्व्यवहारसँग सम्बन्धित फोटोहरु कम्प्युटरमा संग्रह गरेको आरोपमा हाल ६० वर्ष लामो जेल सजाय भोगिरहेका छन्।
बयानका क्रममा सोमबार नासारले माफी माग्दै भने, ‘तपाईंहरुको भनाइको आशय जिन्दगीभर मेरो सोचमा रहनेछ।’ तर इटन काउन्टी अदालतकी न्यायाधीश जानिस कुनिनघमका अनुसार नासारले पेश गरेको पुनरावेदनमा हालसम्म सही चिकित्सकीय उपचार प्रदान गरेको उल्लेख गरेका छन्।
‘मलाई विश्वास छैन कि तपाईं वास्तवमै आफूले गरेका कार्यहरु गलत थिए भनेर सोच्नुहुन्छ। साथै पीडित तथा उनका परिवारलाई कस्तो असर परिरहेको छ भन्ने बारेमा पनि तपाईंलाई चिन्ता छैन,ु फैसला सुनाउँदै न्यायाधीश कुनिनघमले भनिन्, ‘तपाईं स्पष्ट रुपमा इन्कार गर्नुहुन्छ कि तपाईं यी घटनाहरुमा सामेल हुनुहुन्छ।’
यसअघिको फैसलापछि मात्रै ६५ जनामाथि दुर्व्यवहारको पुष्टि भएको तथा ५४ जनाले गतसाता मात्रै अदालतमा उपस्थित भई बयान दिएको अदालतले जनाएको छ। सोमबार फैसला हुनुअघि मुद्दाको सुनुवाइ तीन दिनसम्म चलेको थियो। यस क्रममा थप पीडितहरुको बयानसमेत लिइएको थियो। बयानका क्रममा नासारमाथि पीडित र तिनका आफन्तले आक्रमणको प्रयास पनि गरेका थिए।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












