गंगामाया अधिकारीले वर्षौ वित्दा न्याय नपाउने, सुमार्गीले सर्वोच्च गएको तीन दिनमै न्याय पाउने
काठमाडौं, २४ माघ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया अधिकारी अनसन बसेको झण्डै पाँच वर्ष पुरा भयो । छोरा कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको १५ वर्ष पूरा भयो । १६ वर्षे छोरालाई गोरखाको फुजेलबाट अपहरण गरेपछि ०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए । त्यसपछि अपराधीलाई कारबाही गर भन्दै गंगामाया अधिकारीले न्याय मागेको १५ वर्ष भयो ।
उहिले ‘न्याय नपाए गोरखा जानु’ भन्थे, तर गोरखाकै गंगामायाको परिवारले न्याय पाएन । छोराको हत्यारालाई कारबाही गर भनेर न्याय माग्दा माग्दै श्रीमान् (नन्दप्रसाद) लाई समेत गुमाउनुपर्यो । न्याय पाईन्छकी भन्ने आश अझै मरेको छैन् । स्वास रहुञ्जेल आश भनेजस्तै उनी अझै न्यायको आशमा बसेकी छन् । न्याय पाउने त कुरा छाँडौं उनको जीवनरक्षा गर्ने सम्म कसैले हिम्मत गर्न सकेका छैनन् ।
केही समयपहिले आफुलाई मानवअधिकारीवादी भनाउँदा र राष्ट्रवादी भनाउँदाहरुले सडकमा झ्याली पिटेको पनि खुबै सुनिन्थ्यो । आजभोली त त्यो पनि कहाँ गयो कहाँ । गंगामाया भन्छिन्, ‘अब त न्याय पाउने आँश पनि पटक्कै छैन्, जतिञ्जेल स्वास छ त्यक्तिन्जेल अनसन छोड्दिन । सानालाई ऐन्, ठूलालाई चैन भन्ने त्यक्तिकैको उखान रहेनछ । यो उखान सर्वोच्च अदालत आफैंले प्रमाणित गरिदिएको छ ।’
चार वर्षदेखि रोकिएको सुमार्गीको अर्बौंको रकम सर्वोच्च गएको तीन दिनमै फुकुवाः
एउटा छोराका हत्यारालाई कारवाहीको माग गर्दागर्दै आफ्नो समेत प्राण त्याग्न विवश यो परिवारलाई न्याय दिन नसक्ने सर्वोच्चले केही जवाफ दिन सकेको छैन् । तर चार वर्षदेखि रोकिएको अजय सुमार्गीको अर्बौको रकम भने सर्वोच्चले एकैछिनमा फुकुवा गरेको छ । सर्वोच्चले करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको हो ।
राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो ।
चार वर्षअघि अजयराज सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा २ करोड १३ लाख ८८ हजार १६३ डलर अर्थात करिव सवा २ अर्ब रकम जम्मा भयो। ठूलो मात्रामा रकम आएपछि बैंकले त्यसका विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिए। त्यसपछि केन्द्रीय बैंकले स्रोत स्पष्ट खुलाउन नसकेको भन्दै खाताको रकम फ्रिज गरिदियो।
आफ्नो अर्बौको रकम रोक्का भएपछि त्यसलाई फुकुवा गर्न सुमार्गीले अनेकौँ राजनीतिक कनेक्सन लगाए, तर सफल भएनन्। चार वर्षदेखि रोकिएको त्यो रकम सर्वोच्च अदालतमा रिट लिएर गएको तीन दिन नबित्दै फुकुवा भयो।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












