गंगामाया अधिकारीले वर्षौ वित्दा न्याय नपाउने, सुमार्गीले सर्वोच्च गएको तीन दिनमै न्याय पाउने
काठमाडौं, २४ माघ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया अधिकारी अनसन बसेको झण्डै पाँच वर्ष पुरा भयो । छोरा कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको १५ वर्ष पूरा भयो । १६ वर्षे छोरालाई गोरखाको फुजेलबाट अपहरण गरेपछि ०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए । त्यसपछि अपराधीलाई कारबाही गर भन्दै गंगामाया अधिकारीले न्याय मागेको १५ वर्ष भयो ।
उहिले ‘न्याय नपाए गोरखा जानु’ भन्थे, तर गोरखाकै गंगामायाको परिवारले न्याय पाएन । छोराको हत्यारालाई कारबाही गर भनेर न्याय माग्दा माग्दै श्रीमान् (नन्दप्रसाद) लाई समेत गुमाउनुपर्यो । न्याय पाईन्छकी भन्ने आश अझै मरेको छैन् । स्वास रहुञ्जेल आश भनेजस्तै उनी अझै न्यायको आशमा बसेकी छन् । न्याय पाउने त कुरा छाँडौं उनको जीवनरक्षा गर्ने सम्म कसैले हिम्मत गर्न सकेका छैनन् ।
केही समयपहिले आफुलाई मानवअधिकारीवादी भनाउँदा र राष्ट्रवादी भनाउँदाहरुले सडकमा झ्याली पिटेको पनि खुबै सुनिन्थ्यो । आजभोली त त्यो पनि कहाँ गयो कहाँ । गंगामाया भन्छिन्, ‘अब त न्याय पाउने आँश पनि पटक्कै छैन्, जतिञ्जेल स्वास छ त्यक्तिन्जेल अनसन छोड्दिन । सानालाई ऐन्, ठूलालाई चैन भन्ने त्यक्तिकैको उखान रहेनछ । यो उखान सर्वोच्च अदालत आफैंले प्रमाणित गरिदिएको छ ।’
चार वर्षदेखि रोकिएको सुमार्गीको अर्बौंको रकम सर्वोच्च गएको तीन दिनमै फुकुवाः
एउटा छोराका हत्यारालाई कारवाहीको माग गर्दागर्दै आफ्नो समेत प्राण त्याग्न विवश यो परिवारलाई न्याय दिन नसक्ने सर्वोच्चले केही जवाफ दिन सकेको छैन् । तर चार वर्षदेखि रोकिएको अजय सुमार्गीको अर्बौको रकम भने सर्वोच्चले एकैछिनमा फुकुवा गरेको छ । सर्वोच्चले करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको हो ।
राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो ।
चार वर्षअघि अजयराज सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा २ करोड १३ लाख ८८ हजार १६३ डलर अर्थात करिव सवा २ अर्ब रकम जम्मा भयो। ठूलो मात्रामा रकम आएपछि बैंकले त्यसका विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिए। त्यसपछि केन्द्रीय बैंकले स्रोत स्पष्ट खुलाउन नसकेको भन्दै खाताको रकम फ्रिज गरिदियो।
आफ्नो अर्बौको रकम रोक्का भएपछि त्यसलाई फुकुवा गर्न सुमार्गीले अनेकौँ राजनीतिक कनेक्सन लगाए, तर सफल भएनन्। चार वर्षदेखि रोकिएको त्यो रकम सर्वोच्च अदालतमा रिट लिएर गएको तीन दिन नबित्दै फुकुवा भयो।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












