एमालेले आज प्रदेश १ र ३ को संसदीय दलको नेता छान्दै, को-को छन् मुख्यमन्त्रीको दौडमा ?
काठमाडौं, २६ माघ । नेकपा एमालेले आज दुई प्रदेशमा संसदीय दलको नेता छान्न निर्वाचन गर्दैछ । प्रदेश १ र प्रदेश ३ मा एमालेले निर्वाचन गर्न लागेको हो । प्रदेश १ को लागि दुई जना नेताहरु संसदीय दलको नेता बन्ने लाईनमा छन् ।
यसअघि आफ्नो दाबेवारी समेत प्रस्तुत गर्दै आएका जीवन घिमिरे उक्त दौडबाट आउट भएसँगै अब दुई नेताहरु अशोक राई र भीम आचार्यबीच प्रतिस्पर्धा हुनेदेखिएको छ । दुवै नेताहरुले आफ्नो उम्मेदवारी दिईसकेका छन् । संसदीय दलको नेतानै मुख्यमन्त्री बन्ने कानुनी प्रावधान छ । प्रदेश १ मा एमालेको एकल बहुमतसहित ५१ सदस्य छन् । दलको नेता चयन हुन कम्तीमा २६ सदस्य आवश्यक पर्नेछ ।
त्यस्तै प्रदेश ३ को मुख्यमन्त्रीमा दावी गर्दै आएका राजेन्द्र पाण्डे निर्वाचन हुने भएपछि यो दौडबाट बाहिरिएका छन् ।एमालेले प्रदेश नं ३ मा दलको नेता सर्वसम्मत छान्ने प्रयास गरेपनि असफल भएपछि शुक्रबार निर्वाचन हुँदैछ ।
शुक्रबार हुने निर्वाचनका लागि पाण्डेले उम्मेदवारी नै दिएनन । ‘ उहाँ (पाण्डे) को उम्मेदवारी नै परेन, अब अष्टलक्ष्मी शाक्य र डोरमणी पोडेलबीच प्रतिश्पर्धा हुनेछ’ एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले भने । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दलको नेताका लागि निर्वाचन हुदैछ । यो प्रदेशमा एमालेका ५८ सांसद छन् । दलको नेता जित्न कम्तिमा ३० जनाको मत आवाश्यक पर्छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












