एमालेले आज प्रदेश १ र ३ को संसदीय दलको नेता छान्दै, को-को छन् मुख्यमन्त्रीको दौडमा ?
काठमाडौं, २६ माघ । नेकपा एमालेले आज दुई प्रदेशमा संसदीय दलको नेता छान्न निर्वाचन गर्दैछ । प्रदेश १ र प्रदेश ३ मा एमालेले निर्वाचन गर्न लागेको हो । प्रदेश १ को लागि दुई जना नेताहरु संसदीय दलको नेता बन्ने लाईनमा छन् ।
यसअघि आफ्नो दाबेवारी समेत प्रस्तुत गर्दै आएका जीवन घिमिरे उक्त दौडबाट आउट भएसँगै अब दुई नेताहरु अशोक राई र भीम आचार्यबीच प्रतिस्पर्धा हुनेदेखिएको छ । दुवै नेताहरुले आफ्नो उम्मेदवारी दिईसकेका छन् । संसदीय दलको नेतानै मुख्यमन्त्री बन्ने कानुनी प्रावधान छ । प्रदेश १ मा एमालेको एकल बहुमतसहित ५१ सदस्य छन् । दलको नेता चयन हुन कम्तीमा २६ सदस्य आवश्यक पर्नेछ ।
त्यस्तै प्रदेश ३ को मुख्यमन्त्रीमा दावी गर्दै आएका राजेन्द्र पाण्डे निर्वाचन हुने भएपछि यो दौडबाट बाहिरिएका छन् ।एमालेले प्रदेश नं ३ मा दलको नेता सर्वसम्मत छान्ने प्रयास गरेपनि असफल भएपछि शुक्रबार निर्वाचन हुँदैछ ।
शुक्रबार हुने निर्वाचनका लागि पाण्डेले उम्मेदवारी नै दिएनन । ‘ उहाँ (पाण्डे) को उम्मेदवारी नै परेन, अब अष्टलक्ष्मी शाक्य र डोरमणी पोडेलबीच प्रतिश्पर्धा हुनेछ’ एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले भने । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दलको नेताका लागि निर्वाचन हुदैछ । यो प्रदेशमा एमालेका ५८ सांसद छन् । दलको नेता जित्न कम्तिमा ३० जनाको मत आवाश्यक पर्छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











