बालुवाटारमा अर्थमन्त्री र एमाले नेता रावलबीच चर्काचर्की, देउवाले हस्तक्षेप नगरे के हुन्थ्यो ?
काठमाडौं, २६ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमाले उपाध्यक्ष भीम रावल र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीबीच जुहारी चलेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उनीहरुबीच जुहारी चलेको हो । बैठकमा एमाले उपाध्यक्ष रावल बोलिरहेका बेला अर्थमन्त्री कार्की पुगे ।
रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । साथै उनले कुन ऐन र नियमावलीअनुसार थप एक लाख अनुदान दिने निर्णय भयो भन्ने प्रश्न गरेका थिए ।
निर्देशक समितिबाट पास गराएमा मात्र मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने उनको तर्क थियो । उनले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री कार्की बैठकमा प्रवेश गरेका थिए । रावल बोलेलगत्तै उनले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे ।
एमाले उपाध्यक्ष रावलले प्रतिवाद गरे । आफूले ‘तपाईं ढिलो आउनुभयो । मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु,’ सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन भन्दा अर्थमन्त्री ‘बुरुक्क उफ्रिएर’ आफू भएको ठाउँमा आएको रावलले बताए । ‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर आएको एक सहभागीले बताए । जवाफमा एमाले नेता रावलले ‘त्यसो भए निर्देशक समितिबाट किन निर्णय गर्नुपर्यो, अर्थमन्त्रालय फर्मान जारी गर्नुस्,’ भनेका थिए ।
दुई नेताबीचको जुहारीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् । दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नु परेको थियो । उनले आफूहरुको चुनावी प्रतिवद्धता भएकाले एक लाख दिने निर्णय गरेको भन्दै विवाद नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












