बालुवाटारमा अर्थमन्त्री र एमाले नेता रावलबीच चर्काचर्की, देउवाले हस्तक्षेप नगरे के हुन्थ्यो ?
काठमाडौं, २६ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमाले उपाध्यक्ष भीम रावल र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीबीच जुहारी चलेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उनीहरुबीच जुहारी चलेको हो । बैठकमा एमाले उपाध्यक्ष रावल बोलिरहेका बेला अर्थमन्त्री कार्की पुगे ।
रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । साथै उनले कुन ऐन र नियमावलीअनुसार थप एक लाख अनुदान दिने निर्णय भयो भन्ने प्रश्न गरेका थिए ।
निर्देशक समितिबाट पास गराएमा मात्र मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने उनको तर्क थियो । उनले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री कार्की बैठकमा प्रवेश गरेका थिए । रावल बोलेलगत्तै उनले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे ।
एमाले उपाध्यक्ष रावलले प्रतिवाद गरे । आफूले ‘तपाईं ढिलो आउनुभयो । मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु,’ सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन भन्दा अर्थमन्त्री ‘बुरुक्क उफ्रिएर’ आफू भएको ठाउँमा आएको रावलले बताए । ‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर आएको एक सहभागीले बताए । जवाफमा एमाले नेता रावलले ‘त्यसो भए निर्देशक समितिबाट किन निर्णय गर्नुपर्यो, अर्थमन्त्रालय फर्मान जारी गर्नुस्,’ भनेका थिए ।
दुई नेताबीचको जुहारीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् । दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नु परेको थियो । उनले आफूहरुको चुनावी प्रतिवद्धता भएकाले एक लाख दिने निर्णय गरेको भन्दै विवाद नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












