अध्यक्ष ओलीले मेरो राजनीति जीवनमा साह्रै अपमान गर्नुभयोः अष्टलक्ष्मी शाक्य
काठमाडौं, २६ माघ । नेकपा एमाले प्रदेश ३ को दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । विजयी भएसँगै प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का छ । उनी एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् । शाक्य पराजित भएसँगै एमालेले एकमात्र महिला मुख्यमन्त्री पाउने ईतिहासको अवसर गुमाएको छ ।
पराजित भएपछि प्रतिक्रिया दिँदै शाक्यले आफु गुटगत राजनीतिको शिकार भएको बताईन् । आफ्नो राजनीति जीवनमा पहिलो पटक साह्रै नरमाईला अनुभव भईरहेको भन्दै उनले भनिन्, ‘पार्टीको केन्द्रीय तहबाट यस्तो हुनु मेरो लागी साह्रै अपमान हो । मलाई मेरो पार्टीको अध्यक्षले यति साह्रो अपमान गर्नुभयो, सहन गाह्रो भएको छ । यसबाट उहाँको हाइट घटेको छ ।’
प्रदेश संयोजकको हैसियतले आफुलाई पार्टीको सचिवालयले मुख्यमन्त्री बन्ने भनेर प्रदेशमा पठाएको तर, चरम गुटबन्दीको शिकार भएको बताईन् । चरम गुटबन्दीको शिकारका कारण जीवनमा सबैभन्दा दुःख लागेको बताईन् ।बिहीबार पार्टी अध्यक्षलाई भेटेकी शाक्य चुनाव जित्नेमा निकै आशावादी थिईन् । तर तिनै अध्यक्षले घात गरेको कारण आफु पराजित भएको उनको भनाई छ ।
‘सबैभन्दा दुःख लाग्दो कुरा त के भने हिजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईले सहयोग गर्नुस् भनेँ । उहाँले हार्ने गरी नउठ्नुस भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस भन्नुभयो । तर, उहाँले यस्तो गरेर छक्याउन हुन्छ ? अहिले आएर सभामुख लिनुस् भन्दा मान्नुभएन भनेर प्रचार गरिएको छ । उहाँले त्यसो भनेको होइन र सभामुख लिनुस् भन्दा मान्नेवाला पनि थिइन । तर, अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु ।’ निकै भावुक हुँदै शाक्यले भनिन् ।
आफु विजयी भएको भए प्रदेशसभालाई चलाउन सजिलो हुन सक्ने भन्दै अब कसरी चलाउनुहुन्छ आफुले हेर्ने बताईन् । उनले भनिन्, मेरो अण्डमा भए राम्रो हुन्थ्यो । उहाँ (डोरमणि) ले अब कसरी चलाउनुहुन्छ पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ । प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ म हेरौंला ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












