अध्यक्ष ओलीले मेरो राजनीति जीवनमा साह्रै अपमान गर्नुभयोः अष्टलक्ष्मी शाक्य
काठमाडौं, २६ माघ । नेकपा एमाले प्रदेश ३ को दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । विजयी भएसँगै प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का छ । उनी एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् । शाक्य पराजित भएसँगै एमालेले एकमात्र महिला मुख्यमन्त्री पाउने ईतिहासको अवसर गुमाएको छ ।
पराजित भएपछि प्रतिक्रिया दिँदै शाक्यले आफु गुटगत राजनीतिको शिकार भएको बताईन् । आफ्नो राजनीति जीवनमा पहिलो पटक साह्रै नरमाईला अनुभव भईरहेको भन्दै उनले भनिन्, ‘पार्टीको केन्द्रीय तहबाट यस्तो हुनु मेरो लागी साह्रै अपमान हो । मलाई मेरो पार्टीको अध्यक्षले यति साह्रो अपमान गर्नुभयो, सहन गाह्रो भएको छ । यसबाट उहाँको हाइट घटेको छ ।’
प्रदेश संयोजकको हैसियतले आफुलाई पार्टीको सचिवालयले मुख्यमन्त्री बन्ने भनेर प्रदेशमा पठाएको तर, चरम गुटबन्दीको शिकार भएको बताईन् । चरम गुटबन्दीको शिकारका कारण जीवनमा सबैभन्दा दुःख लागेको बताईन् ।बिहीबार पार्टी अध्यक्षलाई भेटेकी शाक्य चुनाव जित्नेमा निकै आशावादी थिईन् । तर तिनै अध्यक्षले घात गरेको कारण आफु पराजित भएको उनको भनाई छ ।
‘सबैभन्दा दुःख लाग्दो कुरा त के भने हिजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईले सहयोग गर्नुस् भनेँ । उहाँले हार्ने गरी नउठ्नुस भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस भन्नुभयो । तर, उहाँले यस्तो गरेर छक्याउन हुन्छ ? अहिले आएर सभामुख लिनुस् भन्दा मान्नुभएन भनेर प्रचार गरिएको छ । उहाँले त्यसो भनेको होइन र सभामुख लिनुस् भन्दा मान्नेवाला पनि थिइन । तर, अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु ।’ निकै भावुक हुँदै शाक्यले भनिन् ।
आफु विजयी भएको भए प्रदेशसभालाई चलाउन सजिलो हुन सक्ने भन्दै अब कसरी चलाउनुहुन्छ आफुले हेर्ने बताईन् । उनले भनिन्, मेरो अण्डमा भए राम्रो हुन्थ्यो । उहाँ (डोरमणि) ले अब कसरी चलाउनुहुन्छ पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ । प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ म हेरौंला ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











