प्रदेश २ मा मुस्लिमबाट मुख्यमन्त्री बनाए उपेन्द्र यादव बिरुद्ध आन्दोलन गर्ने हिन्दुबादीको चेतावनी
काठमाडौं, २६ माघ । विश्वहिन्दु परिषद् नेपालले प्रदेश २ मा मुस्लिम समुदायबाट मुख्यमन्त्री बनाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषद्को प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम समुदायबाट मुख्यमन्त्री बनाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विश्वहिन्दु परिषद नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ कलाकार टिका पहारीले मुलुक धर्म परिर्वतनको महाजालमा फसेको आरोप लगाए । उनले भने, ‘हाम्रो मुलुकलाई जब धर्म निरपेक्षराष्ट्र घोषणा गर्ने काम भयो त्यसपछि विदेशी शक्तिहरुले खेल्न थाले, राष्ट्रियतामाथि आक्रमण गर्नुछ भने पहिले त्यस देशको धर्ममाथि जाईलाग्नुपर्छ भन्ने मान्यताकासाथ योजनाबद्धरुपमा लागेका छन् यस गैर–कानुनी कार्यको अन्त्य गर्न सरकारले सकेको छैन्।’
अध्यक्ष पहारीले अघि थपे, ‘हाम्रो देशमा धर्मपरिवर्तन समस्या बनेको छ, यसको तत्काल उपचार हुनुपर्छ, भारत, बंगलादेशका ईस्लामिक नागरिकले नेपालबाट नागरिकता लिने गरेका छन्, राज्यले दिने काम गरेको छ, प्रदेश नम्बर २ मा बहुसंख्यक रुपमा रहेका हिन्दुहरुमाथि कुठाराघात गर्दै संघीय समाजवादी फोरमले मुस्लिम नागरिकलाई मूख्यमन्त्री बनाउने निर्णय गरेको छ, तत्काल यो निर्णय फिर्ता नलिए कडा आन्दोलन हुन्छ।’
त्यस्तै परिषदको प्रदेश नम्बर २ का संयोजक विनय यादवले संघीय समाजवादी फोरमले हिन्दुहरुलाई अन्यायमा पार्ने खालको निर्णय गरेकोमा आपत्ति प्रकट गरे । उनले भने, ‘प्रदेश नम्बर २ हिन्दुधर्मको केन्द्र भाग हो, यस प्रदेशमा अधिकांश हिन्दुहरुको बसोवास छ, अधिकांश हिन्दुवादी नेताहरु छन्, नेतृत्व लिन नसक्ने जस्तोगरि गैर–हिन्दुलाई ल्याएर हिन्दुहरुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं ।’
उनले भने, ‘उपेन्द्र यादवले हिन्दुहरुको मतको आधारमा पार्टीलाई शक्तिशाली बनाएका हुन तर त्यही मतलाई कदर गर्न सकेनन्, हामी आग्रह गर्दछौँ, प्रदेश नम्बर २ मा हिन्दुधर्मवालम्बी जो भएपनि मूख्यमन्त्री बनाउनुहोस् होईन भने तपाईको पार्टीका बिरुद्धमा हामी सडकमा ओर्लिनेछौं, अनि आगामी पाँच वर्षपछि तपाईको पार्टीको आकार कहाँ हुन्छ त्यतिबेला थाहा हुनेछ।’
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...













