प्रदेश २ मा मुस्लिमबाट मुख्यमन्त्री बनाए उपेन्द्र यादव बिरुद्ध आन्दोलन गर्ने हिन्दुबादीको चेतावनी
काठमाडौं, २६ माघ । विश्वहिन्दु परिषद् नेपालले प्रदेश २ मा मुस्लिम समुदायबाट मुख्यमन्त्री बनाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषद्को प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम समुदायबाट मुख्यमन्त्री बनाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विश्वहिन्दु परिषद नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ कलाकार टिका पहारीले मुलुक धर्म परिर्वतनको महाजालमा फसेको आरोप लगाए । उनले भने, ‘हाम्रो मुलुकलाई जब धर्म निरपेक्षराष्ट्र घोषणा गर्ने काम भयो त्यसपछि विदेशी शक्तिहरुले खेल्न थाले, राष्ट्रियतामाथि आक्रमण गर्नुछ भने पहिले त्यस देशको धर्ममाथि जाईलाग्नुपर्छ भन्ने मान्यताकासाथ योजनाबद्धरुपमा लागेका छन् यस गैर–कानुनी कार्यको अन्त्य गर्न सरकारले सकेको छैन्।’
अध्यक्ष पहारीले अघि थपे, ‘हाम्रो देशमा धर्मपरिवर्तन समस्या बनेको छ, यसको तत्काल उपचार हुनुपर्छ, भारत, बंगलादेशका ईस्लामिक नागरिकले नेपालबाट नागरिकता लिने गरेका छन्, राज्यले दिने काम गरेको छ, प्रदेश नम्बर २ मा बहुसंख्यक रुपमा रहेका हिन्दुहरुमाथि कुठाराघात गर्दै संघीय समाजवादी फोरमले मुस्लिम नागरिकलाई मूख्यमन्त्री बनाउने निर्णय गरेको छ, तत्काल यो निर्णय फिर्ता नलिए कडा आन्दोलन हुन्छ।’
त्यस्तै परिषदको प्रदेश नम्बर २ का संयोजक विनय यादवले संघीय समाजवादी फोरमले हिन्दुहरुलाई अन्यायमा पार्ने खालको निर्णय गरेकोमा आपत्ति प्रकट गरे । उनले भने, ‘प्रदेश नम्बर २ हिन्दुधर्मको केन्द्र भाग हो, यस प्रदेशमा अधिकांश हिन्दुहरुको बसोवास छ, अधिकांश हिन्दुवादी नेताहरु छन्, नेतृत्व लिन नसक्ने जस्तोगरि गैर–हिन्दुलाई ल्याएर हिन्दुहरुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं ।’
उनले भने, ‘उपेन्द्र यादवले हिन्दुहरुको मतको आधारमा पार्टीलाई शक्तिशाली बनाएका हुन तर त्यही मतलाई कदर गर्न सकेनन्, हामी आग्रह गर्दछौँ, प्रदेश नम्बर २ मा हिन्दुधर्मवालम्बी जो भएपनि मूख्यमन्त्री बनाउनुहोस् होईन भने तपाईको पार्टीका बिरुद्धमा हामी सडकमा ओर्लिनेछौं, अनि आगामी पाँच वर्षपछि तपाईको पार्टीको आकार कहाँ हुन्छ त्यतिबेला थाहा हुनेछ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













