डिभिजन टूमा नेपालले आज केन्यासँगको खेल नजिते के हुन्छ ? यस्तो छ इतिहास
काठमाडौं, २९ माघ । विश्व क्रिकेट लिग डिभिजन–टूमा आज नेपाल र केन्या आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।
अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको पुछारमा छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो । आइतबार यूएईलाई ४ विकेटले हराउँदै नेपालले प्रतियोगिताको शिर्ष २ मा रहने सम्भावना कायमै राखेको छ । शिर्ष २ मा पर्ने टिमले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।
हेड टू हेडमा नेपालभन्दा केन्या बलियो देखिन्छ । नेपाल र केन्याले अहिलेसम्म ५ खेल खेलेकोमा नेपाल एक खेलमा मात्र विजयी भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत गएको वर्षको मार्चमा कीर्तिपुरमा भएका २ खेलमध्ये नेपालले एक खेल जितेको थियो ।
केन्या सन् १९८१ देखि आइसीसीको एशोसिएट देशका रुपमा छ । सन् १९९६ मा एकदिवसीय र २००७ मा अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेट खेलेको केन्याले सन् २०१४ मा एकदिवसीय र र ट्वेण्टी ट्वेण्टी मान्यता गुमाएको हो ।केन्याले सन् २००३ मा विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेर सनसनी मच्चाएको थियो । केन्या सेमिफाइनलमा भारतसँग हारेको थियो ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












