के महिनावारीमा महिलाहरु अशुद्ध हुन्छन् ? यस्ता छन् केही भ्रम र यसको यर्थातता
एजेन्सी, १ फागुन । हाम्रो जस्तो समाजमा अझै पनि महिनावारीलाई नराम्रो दृष्टिकोणले हेरिन्छ । महिनावारी भएको महिलाले अरुलाई छुन नहुने, भान्सामा गएर पकाउन नहुने जस्ता नकारात्मक सोच अझै यथावत छ । यसले अझै मध्यमपश्चिमाञ्चल तथा शुदूरपश्चिमाञ्चल क्षेत्रमा बढी प्रभाव पारेको देखिन्छ ।
पछिल्लो समय छाउपडी प्रथा सामाजिक बहसको विषय बनिसकेको छ । छाउपडी भनेको महिनावरीको बखत महिलालाई अलग्गै घरमा असुरक्षित ढंगले राखिने परम्परा हो । यस्तो परम्परा अहिले हट्दै गएपनि मानसिक रुपमा यस सम्बन्धिका धारणाहरु फेरिएका छैनन् ।
मासिक श्राव भएको अवस्थालाई हामी ‘पर सरेको’, ‘अशुद्ध भएको’ भन्ने गर्छौं । यहि मान्यताका कारण महिलाहरुलाई खानेकुरा छुन दिइदैन, पूजाआजामा बन्देज लगाइन्छ । शुभकार्यका लागि यो अवस्थामा अनुमति दिइदैन । मासिक श्राव एउटा शारीरिक चरण हो, जो हरेक महिलाहरुको जीवनमा हुने गर्छ । त्यो पनि नियमित रुपमा ।
मासिक श्राव हुनु भनेको महिला प्रजननका निम्ति योग्य भएको संकेत गर्छ । तर, सामाजिक चेतनाका अभावमा पहिलोपटक महिनावारी हुँदा केटीहरु डराउने गर्छन् । विभिन्न धार्मिक मान्यताले गर्दा उनीहरुलाई घरभित्र धेरै कामहरु गर्न रोक लगाइन्छ । गाउँको कुरा छाडौं शहरी समाजमा पनि महिनावारी भएका महिलालाई थुप्रै कुरामा बन्देज छन् । हामी त्यस्तै केही भ्रमहरु र तीनको यथार्थ प्रस्तुत गर्दैछौः
१. महिनावारी भएकी महिला फोहोरी र अशुद्ध हुन्छिन्:
महिनावारीमा फोहोरी र असुद्धता केही पनि हुँदैन । यो तपाईं प्रजननका लागि योग्य हुनुहुन्छ भन्ने एउटा प्रमाण हो ।
२. महिनावारी भएन भने गर्भवती भएको हो ?
गर्भ रहन गयो भने महिनावारी रोकिन्छ, तर महिनावारी रोकिनुका अरु पनि थुप्रै कारण हुन सक्छन् । जस्तै तनाव, खराब खानपिन, वजन घटनु, हार्मोनमा परिवर्तन, आदि । यदि पटक पटक महिनावारी रोकियो भने डाक्टरसँग परामर्श लिनुपर्छ ।
३. महिनावारीको बेला पुजा गर्नु हुँदैन:
माथि नै भनियो कि महिनावारीमा असुद्धता केही हुँदैन । तर, हाम्रो समाजमा महिनावारी भएकी महिलालाई व्रत बस्न, मन्दिर जान र पुजा गर्न रोक लगाइन्छ । यो गलत सोच हो ।
४. महिनावारीमा अचार छोयो भने बिग्रिन्छ:
यो सबैभन्दा हास्यास्पद र निराधार सोच हो । मानौं कि यी दिनमा महिलाहरुको हातबाट जीवाणु र किटाणु एकसाथ निस्केर अचारमा जान्छन् र अचार बर्बाद हुन्छ । यो बकवास कुरा हो ।
५. मासिक धर्मले शरीर कमजोर हुन्छ:
यो बिल्कुल असत्य हो । तपाईंको शरीर रगतको कमिले गर्दा कमजोर हुँदैन । महिनावारी हुँदा तपाईंको शरीरबाट औसत १ सय ५० मिलिलिटर रगत जान्छ, जुन केवल ४(५ चम्चा हो । तर, यदि तपाईंको शरीरमा रगतको कमी छ भने अर्कै कुरा हो ।
६. महिनावारीको रगत दुर्गन्धित हुन्छ:
विल्कुल हुँदैन । मासिक धर्मको दौरान निस्कने रगत अरु बेला शरीरका अन्य अंगबाट बग्ने रगतभन्दा फरक हुन्दैन । यसमा कुनै किसमको गन्ध र असामान्य पदार्थ हुँदैन ।
७. महिनावारीमा नुहाउँदा बाँझोपन हुन्छ:
यो गलत धारणा विशेषगरी अफगानिस्तानमा पाइन्छ । त्यहाँको मान्यता छ कि महिनावारीमा नुहाएको खण्डमा महिलाको प्रजनन क्षमतामा असर पर्छ ।
८. सेनेटरी नेप्किनबाट क्यान्सर फैलिन्छ:
बोलिभियामा के अन्धविश्वास छ भने यदि प्रयोग गरिएको नेप्किन कुनै पुरुषले देख्यो भने उसलाई क्यान्सर हुन्छ । यसलाई लिएर कडा चेतावनी नै दिने गरिएको छ । स्कुल जाने छात्राहरु प्राय प्रयोग गरिएको प्याडलाई आफ्नो ब्यागमा राखेर घरै लिएर आउँछिन् किनकी स्कुलको डस्टबिनमा त्यसलाई फ्याक्न पाइदैन ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












