सन्दर्भ प्रेम (भ्यालेन्टाई डे) दिवसः कसरी थाहा पाउने कसैले तपाईंलाई प्रेम गर्छ ?
काठमाडौं । यो संसार प्रेमविना अधुरो र अपुरो हुन्छ । प्रेम कुनै देखिने चिज होईन् यो त केबल एक अनुभूति मात्रै हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् । जब कसैलाई मन पराइन्छ, मनमा बेग्लै झंकार पैदा हुन्छ । मन उथलपुथल हुन्छ ।
हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौं । तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने ? त्यसका संकेतहरु के हुन् ?
१. सामिप्यता खोज्नेः
जसलाई हामी मन पराउँछ, उनी पनि आफ्नो नजिक हुन खोज्छ भने यसलाई ग्रिन सिग्नलको रुपमा बुझे हुन्छ । जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ, शारीरिक रुपमा पनि नजिकिन खोजिन्छ । उनकै आसपासमा बस्न खोजिन्छ । उसकै सामिप्यता खोजिन्छ । यसका लागि बहाना अनेक हुनसक्छ । कुनै न कुनै रुपमा कोहि आफ्नो निकट रहने प्रयास गर्छ भने उसले आफुलाई माया गरिरहेको छ भनेर बुझे हुन्छ ।
२. सम्पर्कमा रहन खोज्नेः
जब कसैले आफुलाई पनि मन पराउँछ भने, उनी हरक्षण सम्पर्कमा रहन खोज्छन् । कुनै न कुनै बहाना गरेर बोल्न चाहान्छन् । अहिले त मोवाइल फोन, फेसबुक जस्ता माध्यामहरु छन्, जसले सम्पर्क स्थापित गर्न सहज बनाइदिएको छ । यदि कसैले आफ्नो बारेमा निजी चासो राख्छ, दुखसुख सेयर गर्छ, सामान्य कुरामा पनि बातचित गर्न खोज्छ भने, बुझौं उनको मनमा आफ्नो प्रेम अंकुराउन थालेको छ ।
३. सहयोग गर्न तत्परः
जब कसैले चाहान्छ, मन जित्ने अनेक उपायहरु खोजिरहन्छ । सानोतिनो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छ । उनीहरुले यो देखाउन चाहन्छ कि तपाईको लागि उसलाई कति चिन्ता छ ।
४. हँसाउने प्रयास गर्नेः
तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन । कहिलेकाहीँ तपाईंलाई हँसाउने चक्करमा फाल्तु जोक वा बेअर्थी कुरा पनि बोलिदिन सक्छ । तर, यस्ता कुरामा पनि तपाईं मुस्कुराईदिनुभयो भने उनी मख्ख पर्छ ।
५. तपाईंको रुची नै उसको रुचीः
तपाईंसँग प्रेममा परेपछि उसका रुचीहरु बदलिन्छन् । अब तपाइंको रुचीलाई नै उसले आफ्नो रुची सम्झिन्छ । तपाईंलाई मन पर्ने गीत, फिल्म, किताब अब उसलाई पनि मन पर्न थाल्छन् । यति सम्मका कुरा भएपछि तपाई बुझ्नुहोस कि उ तपाईसँग प्रेम गर्न चाहन्छ । प्रेमको यर्थात परिभाषा नभएपनि एक अर्काले देखाउने सामिप्यता, सद्भाव नै प्रेम हो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












