गर्भावस्थामा र सुत्केरी महिलाले खानपानमा यसरी ध्यान दिनुहोस्
काठमाडौं, २ फागुन । गर्भावस्था महिलाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गर्भावस्था महिलाको लागि विशेष समय भएकाले ख्याल गर्नुपर्ने हुन्छ । गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे विशेष ध्यान दिन पनि गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनु आवश्यक छ । किनकि, गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्छ ।
छोटो समयमा धेरै पटक क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स, कार्बोहाइड्रेडलगायत पोषणतत्वयुक्त खानेकुराको सेवनले गर्भवतीलाई मात्र नभई गर्भमा रहेको शिशुको स्वास्थ्यलाई समेत स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले पनि गर्भवती अवस्थामा महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनु आवश्यक छः
-शरीरका लागि आवश्यक पर्ने शक्तिको पूर्तिका लागि पनि गर्भवती महिलाले दैनिक तीन सयदेखि चार सय हाराहारीमा क्यालोरीको सेवन गर्न आवश्यक छ । यस्तो क्यालोरी चामल, गहुँलगायत खाद्यान्नबाट प्राप्त हुन्छ । तर, त्यसो भन्दैमा आवश्यकताभन्दा बढी मात्रामा खानाको सेवन शरीरका लागि हानीकारक हुनसक्छ ।
-यस्तै, गर्भवती र सुत्केरीलाई प्रोटिन अत्यावश्यक हुन्छ । माछा, मासु, दूध, गेडागुडीलगायतबाट प्रोटिन प्राप्त गर्न सकिन्छ । यसले गर्भमा रहेको शिशुको शरीरका अंगहरु विकास गर्न मद्दत गर्नुका साथै गर्भवतीको गर्भासय, स्तन र गर्भको विकास गर्न मद्दत गर्छ । त्यसैले गर्भवतीले दिनमा डेढ सयदेखि दुई सय ग्रामसम्म प्रोटिनको सेवन आवश्यक हुन्छ ।
-यस्तै, गर्भमा रहेको शिशुको तौल बढाउन तथा हड्डीलाई मजबुती प्रदान गर्न गर्भवतीलाई क्याल्सियम, फोस्फोरस, भिटामिन लगायतको आवश्यकता पनि पर्छ । त्यसका लागि पर्याप्त मात्रामा दूध, दहीलगायत पोषण तत्वको सेवन जरुरी छ ।
-त्यति मात्र होइन, गर्भवतीलाई शिशुको विकासका लागि भिटामिन्सको जरुरी हुन्छ । दूध, दही, फलफूल र हरिया साजसब्जीबाट भिटामिन प्राप्त गर्न सकिन्छ । तर, त्यसका लागि हरिया सागसब्जी र फलफूललाई राम्ररी पखालेर सेवन गर्नुपर्छ । अन्यथा, त्यसमा प्रयोग भएका कीटनाशक औषधिले शिशुको स्वास्थ्यमा नकारात्मक र गम्भीर समस्या पैदा गर्न सक्छ ।
-यस्तै, शिशुको समग्र विकासका लागि गर्भवतीले घ्यू, तेललगायत बोसोयुक्त र आइरनयुक्त खानेकुराको पर्याप्त सेवन गर्न जरुरी छ । त्यसबाट गर्भको शिशुमा पर्याप्त रक्तप्रवाह गर्न मद्दत पुग्छ । त्यसबाट गर्भ तुहिने समस्या कम हुनुका साथै प्रसुतीको दौरान गर्भवतीको शरीरमा रगतको कमी हुने वा धेरै रगत बग्ने समस्याबाट समेत बचाउँछ ।
-दाल, पालुंगोलगायत सागसब्जी, मकै, भिण्डी, केरा, सुन्तला, स्ट्रबेरीलगायतबाट पर्याप्त मात्रामा आइरन पाउन सकिन्छ । त्यसका साथसाथै चिकित्सकले गर्भवती हुनेविक्तिकै आईरन चक्की पनि दिने गर्दछन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












