के सधै निरोगी, जवान एवं तन्दुरुस्त रहन चाहानुहुन्छ ? हो भने अपनाउनुहोस् १० सूत्र
काठमाडौं, २ फागुन । आफ्नो निश्चित उमेर बाँचुञ्जेल हामी निरोगी रहन चाहन्छौं । दीर्घायु चाहन्छौं । सधै जवान देखिन रुचाउँछौं । तन्दुरुत रहन रुचाउँछौं । तर, कसरी यस्तो जीवन पाउने ? यो हाम्रो आफ्नै हातमा छ । हामी निरोगी बाँच्ने वा स्वस्थ्य जीवन ? यसमा हामी स्वंम जिम्मेवार छौं । जवान रहन, तन्दुरुस्त रहन, निरोगी रहन औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिय गर्नुपर्दैन ।
यसका लागि केवल अनुशासित जीवनशैली अपनाए पुग्छ । तर, हामी खानपान, दिनचर्यामा वेपर्वाह छौं । हामीलाई क्षणिक प्रलोभनले गाँजेको छ । हामी खानपानमा लापरवाही छौं । जिब्रोको स्वाद खोज्छौं । शरीरलाई ऐश आराम खोज्छौं । मासु, मदिराको साथ छाड्दैनौं ।
हाम्रो सोच चिन्तन पनि उन्नत खालको हुँदैन । परिणामतः हामी रोगी, जिर्ण बन्दै जान्छौं । हामी उमेर नपुग्दै रोगको चंगुलमा फस्न पुग्छौं । अतः यस्ता संभावित दूरावस्थाबाट मुक्त पाउनका लागि जीवनलाई संयमित र अनुशासित ढंगले अगाडि बढाउनुपर्छ । यहाँ केही सूत्र दिइएको छ, जसले निरोगी, जवान एवं तन्दुरुस्त रहन मद्दत गर्छ ।
१. बाहिरबाट घर आएपछि हात धुनुहोस्ः
जहिले पनि बाहिरबाट घर आएपछि कुनै पनि वस्तुलाई छुनुअघि, तथा खाना बनाउनु र खाना खानुअघि हातलाई सावुन पानीले मज्जाले धुनुपर्छ । घरमा साना बच्चाहरु छन् भने यो झन् जरुरी हुन्छ । बच्चालाई समात्नुअघि राम्रोसित हात धुनुपर्छ वा सेनेटाइजर प्रयोग गरौं ।
२. घरको सफाईमा विशेष ध्यान दिनुहोस्ः
घरको सफाईमा विशेष ध्यान दिनुपर्छ । खासगरी भान्सा तथा शौचालय सफा हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । सिंक, वास बेसिन आदि ठाउँहरु नियमितरुपमा सफा गरौं । फिनेल, फ्लोर क्लिनर आदिको उपयोग गरौं ।
३. ताजा तरकारी तथा फलफुलको सेवन गरौंः
ताजा तरकारी तथा फलफुलहरु सेवन गरौं । उपयोगमा आउने मसला, अन्न तथा अन्य सामग्रीको भण्डार पनि सही तरिकाबाट गर्नुपर्छ । एक्सपायरी डेट भएका बस्तुहरुको मितिलाई ध्यानमा राखौं । यसका अलावा खानेकुरालाई कहिल्यै पनि खुल्ला छाड्न हुँदैन । काँचो तथा पाकेको खानालाई अलग अलग राखौं । खाना पकाउन तथा खानका लागि उपयोगमा आउने भाँडाकुडा, फ्रिज, ओभन आदिलाई राम्ररी सफा गरौं । चिसो भाँडालाई कहिले पनि र्याकमा नराखौं । साथै राम्ररी नसुकेका डिब्बाहरुलाई बिर्को लगाएर नराखौं ।
४. अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाऔंः
अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाने । खानालाई सही तापक्रममा पकाउनुपर्छ । बढि पकाएर तरकारीको पौष्टिक तत्व नष्ट नगरौं । साथै ओभनको प्रयोग गर्दा तापमानको विशेष ध्यान राख्नुपर्छ । सँधै ताजा भोजन खानुपर्छ ।
५. खानामा विविधता ल्याऔंः
खानामा सलाद, दही, दूध, हरियो तरकारी, दाल, गेडागुडी आदिका प्रयोग गरौं । खानामा जति धेरै विविधता भयो त्यति नै राम्रो । खाना पकाउन तथा पिउनका लागि सफा पानीको उपयोग गरौं । तरकारी तथा फलफुललाई राम्ररी धोएर मात्रै प्रयोगमा ल्याउनुपर्छ ।
६. खाना पकाउँदा तेल, चिनी, नुनको ख्याल गरौंः
खाना पकाउनका लागि सोयाबिन, सनफ्लावर र जैतुनको तेललाई प्राथमिकता दिनुपर्छ । खानामा चिनी तथा नून दुवैको कमभन्दा कम प्रयोग गरौं । जंगफुड, सफ्ट ड्रिंक तथा आर्टिफिसियल चिनीबाट बनेको जूस आदिको उपयोग नगरौं । राति सकभर हल्काफुल्का खाना खानुपर्छ । सुत्नुभन्दा अगाडि १५र२० मिनेट घुमफिर गर्नु राम्रो हुन्छ ।
७. कोठालाई सधै सफा सुग्घर राखौंः
आफ्नो विश्राम गर्ने तथा सुत्ने कोठालाई सफा सुग्घर, हावादार तथा खुल्ला राखौं । तन्ना, तकियाको खोल र पर्दालाई नियमितरुपमा फेर्ने गरौं ।
८. तनावबाट टाढा, ध्यान तथा योगामा जोडः
मेडिटेसन, योगा तथा ध्यानको प्रयोग एकाग्रता बढाउन तथा तनावबाट टाढा रहनका लागि आवश्यक छ । त्यसैले बिहानको समयमा यसका लागि समय निकाल्नुपर्छ । बिहान चाँडै उठ्नुस र खुल्ला हावामा व्यायाम अथवा योगा गरौं ।
९. दैनिक आधा घण्टा व्यापाम गरौंः
दैनिक कुनै एक व्यायाम गरौं । यसका लागि कमसेकम आधा घन्टा समय दिनुपर्छ र व्यायामको तरिका बदल्नुपर्छ ।
१०. ४५ वर्ष कटेपछि नियमित स्वास्थ्यपरिक्षणः
४५ वर्ष उमेर काटेकाहरुले आफ्नो नियमित स्वास्थ्यपरिक्षण गराउनुपर्छ । डाक्टरले दिएको औषधि नियमिरुपमा सेवन गरौं । प्रकृतिसँग नजिक रहने समय निकालौ । बच्चाहरुसँग खेल्नुस र परिवारसँग हल्काफुल्का मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ । आफूर्लाइ धेरै सिरियस नबनाउने र रिसलाई आफूमाथि हावी हुन नदिने ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












