के सधै निरोगी, जवान एवं तन्दुरुस्त रहन चाहानुहुन्छ ? हो भने अपनाउनुहोस् १० सूत्र
काठमाडौं, २ फागुन । आफ्नो निश्चित उमेर बाँचुञ्जेल हामी निरोगी रहन चाहन्छौं । दीर्घायु चाहन्छौं । सधै जवान देखिन रुचाउँछौं । तन्दुरुत रहन रुचाउँछौं । तर, कसरी यस्तो जीवन पाउने ? यो हाम्रो आफ्नै हातमा छ । हामी निरोगी बाँच्ने वा स्वस्थ्य जीवन ? यसमा हामी स्वंम जिम्मेवार छौं । जवान रहन, तन्दुरुस्त रहन, निरोगी रहन औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिय गर्नुपर्दैन ।
यसका लागि केवल अनुशासित जीवनशैली अपनाए पुग्छ । तर, हामी खानपान, दिनचर्यामा वेपर्वाह छौं । हामीलाई क्षणिक प्रलोभनले गाँजेको छ । हामी खानपानमा लापरवाही छौं । जिब्रोको स्वाद खोज्छौं । शरीरलाई ऐश आराम खोज्छौं । मासु, मदिराको साथ छाड्दैनौं ।
हाम्रो सोच चिन्तन पनि उन्नत खालको हुँदैन । परिणामतः हामी रोगी, जिर्ण बन्दै जान्छौं । हामी उमेर नपुग्दै रोगको चंगुलमा फस्न पुग्छौं । अतः यस्ता संभावित दूरावस्थाबाट मुक्त पाउनका लागि जीवनलाई संयमित र अनुशासित ढंगले अगाडि बढाउनुपर्छ । यहाँ केही सूत्र दिइएको छ, जसले निरोगी, जवान एवं तन्दुरुस्त रहन मद्दत गर्छ ।
१. बाहिरबाट घर आएपछि हात धुनुहोस्ः
जहिले पनि बाहिरबाट घर आएपछि कुनै पनि वस्तुलाई छुनुअघि, तथा खाना बनाउनु र खाना खानुअघि हातलाई सावुन पानीले मज्जाले धुनुपर्छ । घरमा साना बच्चाहरु छन् भने यो झन् जरुरी हुन्छ । बच्चालाई समात्नुअघि राम्रोसित हात धुनुपर्छ वा सेनेटाइजर प्रयोग गरौं ।
२. घरको सफाईमा विशेष ध्यान दिनुहोस्ः
घरको सफाईमा विशेष ध्यान दिनुपर्छ । खासगरी भान्सा तथा शौचालय सफा हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । सिंक, वास बेसिन आदि ठाउँहरु नियमितरुपमा सफा गरौं । फिनेल, फ्लोर क्लिनर आदिको उपयोग गरौं ।
३. ताजा तरकारी तथा फलफुलको सेवन गरौंः
ताजा तरकारी तथा फलफुलहरु सेवन गरौं । उपयोगमा आउने मसला, अन्न तथा अन्य सामग्रीको भण्डार पनि सही तरिकाबाट गर्नुपर्छ । एक्सपायरी डेट भएका बस्तुहरुको मितिलाई ध्यानमा राखौं । यसका अलावा खानेकुरालाई कहिल्यै पनि खुल्ला छाड्न हुँदैन । काँचो तथा पाकेको खानालाई अलग अलग राखौं । खाना पकाउन तथा खानका लागि उपयोगमा आउने भाँडाकुडा, फ्रिज, ओभन आदिलाई राम्ररी सफा गरौं । चिसो भाँडालाई कहिले पनि र्याकमा नराखौं । साथै राम्ररी नसुकेका डिब्बाहरुलाई बिर्को लगाएर नराखौं ।
४. अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाऔंः
अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाने । खानालाई सही तापक्रममा पकाउनुपर्छ । बढि पकाएर तरकारीको पौष्टिक तत्व नष्ट नगरौं । साथै ओभनको प्रयोग गर्दा तापमानको विशेष ध्यान राख्नुपर्छ । सँधै ताजा भोजन खानुपर्छ ।
५. खानामा विविधता ल्याऔंः
खानामा सलाद, दही, दूध, हरियो तरकारी, दाल, गेडागुडी आदिका प्रयोग गरौं । खानामा जति धेरै विविधता भयो त्यति नै राम्रो । खाना पकाउन तथा पिउनका लागि सफा पानीको उपयोग गरौं । तरकारी तथा फलफुललाई राम्ररी धोएर मात्रै प्रयोगमा ल्याउनुपर्छ ।
६. खाना पकाउँदा तेल, चिनी, नुनको ख्याल गरौंः
खाना पकाउनका लागि सोयाबिन, सनफ्लावर र जैतुनको तेललाई प्राथमिकता दिनुपर्छ । खानामा चिनी तथा नून दुवैको कमभन्दा कम प्रयोग गरौं । जंगफुड, सफ्ट ड्रिंक तथा आर्टिफिसियल चिनीबाट बनेको जूस आदिको उपयोग नगरौं । राति सकभर हल्काफुल्का खाना खानुपर्छ । सुत्नुभन्दा अगाडि १५र२० मिनेट घुमफिर गर्नु राम्रो हुन्छ ।
७. कोठालाई सधै सफा सुग्घर राखौंः
आफ्नो विश्राम गर्ने तथा सुत्ने कोठालाई सफा सुग्घर, हावादार तथा खुल्ला राखौं । तन्ना, तकियाको खोल र पर्दालाई नियमितरुपमा फेर्ने गरौं ।
८. तनावबाट टाढा, ध्यान तथा योगामा जोडः
मेडिटेसन, योगा तथा ध्यानको प्रयोग एकाग्रता बढाउन तथा तनावबाट टाढा रहनका लागि आवश्यक छ । त्यसैले बिहानको समयमा यसका लागि समय निकाल्नुपर्छ । बिहान चाँडै उठ्नुस र खुल्ला हावामा व्यायाम अथवा योगा गरौं ।
९. दैनिक आधा घण्टा व्यापाम गरौंः
दैनिक कुनै एक व्यायाम गरौं । यसका लागि कमसेकम आधा घन्टा समय दिनुपर्छ र व्यायामको तरिका बदल्नुपर्छ ।
१०. ४५ वर्ष कटेपछि नियमित स्वास्थ्यपरिक्षणः
४५ वर्ष उमेर काटेकाहरुले आफ्नो नियमित स्वास्थ्यपरिक्षण गराउनुपर्छ । डाक्टरले दिएको औषधि नियमिरुपमा सेवन गरौं । प्रकृतिसँग नजिक रहने समय निकालौ । बच्चाहरुसँग खेल्नुस र परिवारसँग हल्काफुल्का मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ । आफूर्लाइ धेरै सिरियस नबनाउने र रिसलाई आफूमाथि हावी हुन नदिने ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












