‘न्यायसम्पादनमा इतिहासमै धेरै प्रगति’
काठमाडौँ। प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताएका छन् ।
बालसुधार गृह सानोठिमीले आज आयोजना गरेको कार्यक्रममा उनले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र विगतमा डेढ वर्षसम्म अवरुद्ध संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषय निरन्तर निरुपण भइरहेको बताए ।
बालबालिका, ज्येष्ठ नागरिक, अपांगतायुक्त व्यक्तिलगायत मुद्दालाई विशेष प्राथमिकतामा राखेर आफूले सुनुवाइ गरिरहेको जिकिर उनले गरे । प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यता उजागर गर्नका लागि विकास भएको हुँदा एकार्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताए । समाजमा आफूलाई नै ठूलो ठान्ने खेती भइरहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीले समाचार सत्यता र शिष्टतामा आधारित हुनुपर्ने औँल्याए ।
बाल न्याय समन्वय समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बालसुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानुपर्ने बताए । नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












